असल कर्म गर्नु नै धर्म: प्रदेश प्रमुख भट्ट

‘सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यक’

पाेखरा | मंसिर १७, २०८१

असल कर्म गर्नु नै धर्म: प्रदेश प्रमुख भट्ट

 

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिनुभएको छ । जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने बताउनुभयो ।
 

पोखरा वडा नं. १५ स्थित ऐतिहासिक स्थल ढुंगेसाँघुको पट्नेरीमा अवस्थित अन्नपूर्णेश्वर शिवालय मन्दिर परिसरमा ऐतिहासिक शुक्लागण्डकी कोटिहोम २०८१ समुद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।

‘स्वच्छ एवं नैतिक समाजको निर्माण गर्न अनुशासन आवश्यक छ । अनुशासन धर्मले सिकाउँछ । धर्म, अध्यात्म र साधना भनेको हाम्रो समाजका ऐना हुन् ।’ उहाँले भन्नुभयो – ‘जसले असल समाज निर्माण गर्ने बाटोमा अगाडि बढाउँदछन् । असल संस्कार र संस्कृति मुलुक समृद्धिका आधार हुन् ।’

 


 

प्रदेश प्रमुख भट्टले धार्मिक पर्यटनको विकासका लागि शुद्ध मनहरूबाट यस्ता सत्कर्मका प्रयासहरू आवश्यक रहनेमा जोड दिँदै विश्वका कयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था रहेको  बताउनुभयो ।

श्री अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजना, पोखरा महानगरपालिका वडा नं. १५ कार्यालयको समन्वयमा आयोजित कोटीहोममा प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) जी, ब्रह्मनिष्ठ १००८ सन्त शिरोमणि पञ्चधामका संरक्षक श्री लोकानत्द महाराजजी लगायतले कथा वाचन गर्नुहुनेछ ।

 


 

यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि यस पवित्र भूमिमा विभिन्न उद्धेश्यका साथ कोटीहोम भक्तिज्ञान महायज्ञ आयोजना गरिएको आयोजकको भनाई छ ।


पर्यटन प्रवद्र्धनको लक्ष्यसँगै मन्दिर उद्घाटन, प्राण प्रतिष्ठा, लघु रूद्रीसहितको विराट धनधान्यान्चल कोटी होम, कोटी दीप प्रज्वलन, पितृ उद्धार, भक्तिज्ञान महायज्ञ गर्न लागेको बताएको छ ।

 

नि:शुल्क ब्रतबन्ध, निःशुल्क चौरासी पूजाको व्यवस्थापन, ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण, सेती नदीमा स्नान गर्न जाने १०८ सिँढी निर्माण, १०८ गौमुखी धारा निर्माण, १०८ शिवलिंग स्थापना गरिने उद्देश्य राखिएको छ ।

 


 

यसैगरी, सेती नदीमा अकालमा ज्यान गुमाएकाहरुको मुक्तिको कामना गर्दै विशेष पूजा, विपन्न बालबालिकाहरुलाई शिशुस्याहारदेखि कक्षा ३ सम्म निःशुल्क पठनपाठनको व्यवस्थापन, प्रेम मन्दिर शिलान्यास, प्राकृतिक पुलमुनी रहेको गुप्त तीर्थमा रहेको मन्दिर दर्शनका लागि बाटो निर्माण, पट्नेरीमा रहेका २८० घरधुरीलाई शुद्ध खानेपानीको निःशुल्क व्यवस्था, शवदहन गर्नको लागि दाउरा राख्ने घर, शौचालय र सार्वजनिक धारा निर्माण लगायतका पवित्र उद्देश्यका साथ यस धार्मिक समारोह आयोजना गरिएको आयोजकको भनाई छ । 

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्