पोखरामा ९ औं पर्वतीय महोत्सव मंसिर २३ देखि
पाेखरा | मंसिर १४, २०८१
पोखरा: अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा यही मङ्सिर २३ गतेबाट पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मङ्सिर २७ गतेसम्म चल्नेछ ।
महोत्सवमा संग्रहालयको सभाकलमा दैनिक विभिन्न विषयमा अन्तक्र्रिया हुने छन् भने संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन हुनेछ ।
महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारल बताए ।
“सङ्ग्रहालय अवलोकन गर्न आउने र आउने योजना बनाउनुभएका महानुभावले पनि यही अवधिमा अवलोकन गर्दा पर्यतीय सभ्यता, कला, संस्कृति, समस्या र समाधानबारे जानकारी पाउने अवसर मिल्छ,” उनले भने
महोत्सवमा करिव ३२ लाख खर्च अनमान गरिएको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले जनाएको छ ।
पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेश गुरुङले महोत्सवका लागि आवश्यक खर्चको प्रबन्ध आयोजक आफैं र केही संस्थासँग सहकार्यबाट हुने बताए ।
“पर्वतीय महोत्सव अरु आम महोत्सवभन्दा पृथक र विशिष्ट छ, पर्वतारोहण, नेपालको हिमाल, हिमाली संस्कृति, संग्रहालय जस्ता विषयमा रुचि राख्नेहरु प्राथमिकतामा भए पनि हामी सबै प्रकारका दर्शकलाई स्वागत गर्न उत्सुक र इच्छुक छौं,” उनले भने ।
यसपालिको महोत्सव ५० हजार जनाले अवलोकन गर्ने आयोजककोे अपेक्षा छ । महोत्सवको पहिलो दिन डिसेम्बर ८ मा पर्वतीय जीवन, अनुकूलन र भविष्यबार अन्तक्र्रिया हुनेछ ।
दोस्रो दिन पर्वतीय पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरुले आफ्नो अभिमत राख्ने र तेस्रो दिन डिसेम्बर ११ मा पहाडी क्षेत्रमा शौचालयको महत्वबारे सरोकारवालाको सहभागितामा अन्तक्रिर्या हुनेछ ।
महोत्सवको चौथो दिन अनुभवी पर्वतारोहीसँग पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे छलफल हुनेछ भने अन्तिम दिन अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरहरुबारे बिमर्श गरिनेछ ।
महोत्सवले पर्वतीय क्षेत्रमा बासिन्दाको आर्थिक स्तर अभिवृद्धि गर्र्दै पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतको महत्व उजागर गर्ने अपेक्षा गरिएको सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यापानेले बताईन् ।
पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्र बन्दै गएको यो सङ्ग्रहालयमा वर्षमा दुई लाखभन्दा बढी मानिस आउने गरेका छन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...
पोखरा । ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ ...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ । प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्र...

