सुजल फुड्सको क्यान्डी रिमझिम बल पुन: बजारमा आउँदै
पाेखरा | मंसिर १३, २०८१
पोखरा: नेपाली अग्रणी कन्फेक्सनरी उद्योगका रुपमा परिचित नाम सुजल फुड्स प्रालिले हरेक नेपाली माझ लोकप्रिय क्यान्डी रिमझिम बललाई पुन: बजारमा ल्याउने भएको छ ।
सन् १९७६ मा सुरु गरिएको यो क्यान्डी ८० र ९० दशकका पुस्ताको लागि यादगार स्वादको प्रतीक बन्न सफल भएको थियो । उबेला ब्ल्याकबल उपनामबाट परिचित यस क्यान्डीको अनौठो पिरो र मिठ्ठो स्वादले सबैको मन जितेको थियो।
सुजल फुड्सले फेरि एकपटक उपभोक्ताहरूमाझ पिरो मिश्रित मिठो स्वादको पुरानो यादलाई ताजा बनाउन रिमझिम बल पुन: लन्च गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय विभिन्न मिडिया प्लेटफर्महरूमा यस ओरिजिनल ब्ल्याक बल क्यान्डीबारे निकै चर्चा र उपभोक्ताहरूको मागका कारण यसलाई पुनः बजारमा ल्याउने निर्णय गरिएको कम्पनीको भनाई छ ।
सुजल फुड्सले रिमझिम बलको पुनः लन्चको सुरुवात पोखराबाट गर्ने पनि जनाएको छ । पुराना उपभोक्ताहरूलाई बाल्यकालका सम्झनाहरू दिलाउने र फेरी एकपटक आफ्नो मन पर्ने क्यान्डी खान पाइने कम्पनीको विश्वास छ ।
नयाँ पुस्तालाई पनि तिक्खर स्वादहरूको खोजीमा पुरानो मिठासको अनौठो अनुभूति दिनेमा कम्पनी ढुक्क छ । सुजल फुड्सले यस रिमझिम बलको पुनः लन्च अभियानबारे थप जानकारी चाँडै सार्वजनिक गर्ने पनि जनाएको छ ।
जहाँ पुराना प्रशंसकहरूलाई पुराना यादरुको यात्रा गराउँदै नयाँ पुस्तालाई नयाँ र फरक स्वादको अनुभव दिने योजना बनाइएको सुजल फुड्स प्रालिले जनाएको छ ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

