एकताको सन्देश खोज्दै पोखरामा नेपाल पुन मगर समाजको दोस्रो महाधिवेशन
मंसिर २९ र ३० गते महाधिवेशन हुने
पाेखरा | मंसिर ११, २०८१
पोखरा: नेपाल पुन मगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन यही मंसिर २९ र ३० गते पोखरामा हुने भएको छ ।
नेपाल पुन मगर समाज केन्द्रीय समितिले आज पोखरामा पत्रकार सम्मेलन गर्दै दोस्रो राष्ट्रिय महाधिवेशनबारे जानकारी दिएको हो ।
वि.स.२०७२ सालमा हर्कबहादुर पहरे पुनमगरको अध्यक्षतामा स्थापना भएको समाजले ९ वर्षपछि दोस्रो महाधिवेशन गर्न लागेको महासचिव खमबहादुर पुनमगरले बताए ।
‘आफ्नो भाषा, संस्कार, संस्कृति र भेषभुषाको संरक्षण गर्नको लागि २०७२ सालमा हामीले नेपाल पुन मगर समाजको स्थापना गरेका थियौं’, महासचिव पुनमगरले भने, ‘सम्पूर्ण मगर र पुनमगरहरुलाई एकताबद्ध ढङ्गले अगाडि बढाउन दोस्रो महाधिवेशन गर्दै छौं ।’
१२ जिल्लामा शाखा समिति रहेको नेपाल पुन मगर समाजको दोस्रो महाधिवेशनमा सुदूरपश्चिम, लुम्बिनी,कर्णाली प्रदेशका जिल्लाबाटसमेत प्रतिनिधिहरुको सहभागिता रहने महासचिव पुनमगरले बताए ।
‘अहिले पुनमगरको शाखा समिति गण्डकी प्रदेशसहित सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा स्थापना गरेका छौं’, उनले भने, ‘महाधिवेशनमा करिव २ सय ५० बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ, यस महाधिवेशनबाट हामीले पुनमगरहरुमा एकताको सन्देशसमेत दिनेछौं ।’
पोखरा सभागृहमा हुने महाधिवेशनको उद्घाटन पूर्व उपराष्ट्रपति नन्द किशोर पुनमगरको प्रमुख आतिथ्यतामा हुने नेपाल पुनमगर समाज केन्द्रिय समितिले जनाएको छ ।
पोखरा मानवअधिकार चोकबाट झाँकी र्यालीसहित कार्यक्रम सुरु हुनेछ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

