विद्यालयस्तरीय भलिबल: छात्रतर्फ गुरुकुल र छात्रातर्फ केफ च्याम्पियन
छेलोमा लक्सन र शशी विजयी
पाेखरा | मंसिर ११, २०८१
पोखरा: राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला अन्तर विद्यालय भलिबल प्रतियोगितामा छात्रतर्फ गुरुकुल विद्यासदन र छात्रातर्फ करुणानिधी (केफ) च्याम्पियन बनेको छ ।
टुडिखेलमा छात्रतर्फ भएको फाइनल खेलमा गुरुकुल विद्यासदनले माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो ।
उपाधिसँगै गुरुकुलले नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्याे । उपविजेता बनेको माउण्ट अन्नपूर्णले नगद ३० हजार, ट्रफि र मेडल प्राप्त गर्याे । भने, तेस्रो स्थान हाँसिल गर्दै न्यू ग्यालेक्सीले नगद १५ हजार, ट्रफि र मेडल हात पार्याे ।
प्रतियोगिताबाट गुरुकुलका अरबिन्द सुनार उत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु ५ हजार र मेडलसहित पुरस्कृत भए ।
त्यसैगरी छात्रातर्फ करुणानिधी एजुुकेशन फाउण्डेशन (केफ)ले शान्ता माविलाई ३–१ सेटमा पराजित गर्दै च्याम्पियन बन्यो ।
केफले नगद ५० हजार, ट्रफी र मेडल हात पार्याे । उपविजेता बनेको शान्ता माविले नगद ३० हजार, ट्रफि र मेडल प्राप्त गर्याे ।
यस्तै तेश्रो स्थान हाँसिल गरेको पश्चिमाञ्चल माविले नगद १५ हजार, ट्रफि र मेडल प्राप्त गर्याे ।

प्रतियोगितामा केफकी धनकुमारी बिक उत्कृष्ट खेलाडी बन्दै नगद रु ५ हजार र मेडलसहित पुरस्कृत बनिन् ।
हीरक महोत्सवको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगितामा छात्रतर्फ २६ टिम र छात्रातर्फ १३ टिमको सहभागिता रहेको थियो ।
छेलोमा लक्सन र शशी विजयी
हीरक महोत्सवकै अवसरमा आयोजना गरिएको छेलो प्रतियोगितामा छात्रतर्फ त्रिभुवन शान्ति माविका लक्सन पुर्जा पुन प्रथम, भद्रकाली माविका शंकर बिक दोश्रो र गुरुकुल विद्या सदनका मनोज सिर्पाली तृतीय भए । भने, छात्रातर्फ त्रिभुवन शान्ति माविका शशी रानाभाट प्रथम, गौरीशंकर माविका डोल्मा छन्त्याल दोश्रो र राष्ट्रिय माविका सञ्जिता बिक तृतीय भइन् ।
छात्र/छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा विजेताहरुलाई शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिका आचार्य, पोखरा १ का वडाध्यक्ष साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष बरुण विक्रम राणा, खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश पौडेल, विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

