विद्यालयस्तरीय भलिबल: छात्रतर्फ गुरुकुल र छात्रातर्फ केफ च्याम्पियन
छेलोमा लक्सन र शशी विजयी
पाेखरा | मंसिर ११, २०८१

पोखरा: राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला अन्तर विद्यालय भलिबल प्रतियोगितामा छात्रतर्फ गुरुकुल विद्यासदन र छात्रातर्फ करुणानिधी (केफ) च्याम्पियन बनेको छ ।
टुडिखेलमा छात्रतर्फ भएको फाइनल खेलमा गुरुकुल विद्यासदनले माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो ।
उपाधिसँगै गुरुकुलले नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्याे । उपविजेता बनेको माउण्ट अन्नपूर्णले नगद ३० हजार, ट्रफि र मेडल प्राप्त गर्याे । भने, तेस्रो स्थान हाँसिल गर्दै न्यू ग्यालेक्सीले नगद १५ हजार, ट्रफि र मेडल हात पार्याे ।
प्रतियोगिताबाट गुरुकुलका अरबिन्द सुनार उत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु ५ हजार र मेडलसहित पुरस्कृत भए ।
त्यसैगरी छात्रातर्फ करुणानिधी एजुुकेशन फाउण्डेशन (केफ)ले शान्ता माविलाई ३–१ सेटमा पराजित गर्दै च्याम्पियन बन्यो ।
केफले नगद ५० हजार, ट्रफी र मेडल हात पार्याे । उपविजेता बनेको शान्ता माविले नगद ३० हजार, ट्रफि र मेडल प्राप्त गर्याे ।
यस्तै तेश्रो स्थान हाँसिल गरेको पश्चिमाञ्चल माविले नगद १५ हजार, ट्रफि र मेडल प्राप्त गर्याे ।
प्रतियोगितामा केफकी धनकुमारी बिक उत्कृष्ट खेलाडी बन्दै नगद रु ५ हजार र मेडलसहित पुरस्कृत बनिन् ।
हीरक महोत्सवको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगितामा छात्रतर्फ २६ टिम र छात्रातर्फ १३ टिमको सहभागिता रहेको थियो ।
छेलोमा लक्सन र शशी विजयी
हीरक महोत्सवकै अवसरमा आयोजना गरिएको छेलो प्रतियोगितामा छात्रतर्फ त्रिभुवन शान्ति माविका लक्सन पुर्जा पुन प्रथम, भद्रकाली माविका शंकर बिक दोश्रो र गुरुकुल विद्या सदनका मनोज सिर्पाली तृतीय भए । भने, छात्रातर्फ त्रिभुवन शान्ति माविका शशी रानाभाट प्रथम, गौरीशंकर माविका डोल्मा छन्त्याल दोश्रो र राष्ट्रिय माविका सञ्जिता बिक तृतीय भइन् ।
छात्र/छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा विजेताहरुलाई शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिका आचार्य, पोखरा १ का वडाध्यक्ष साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष बरुण विक्रम राणा, खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश पौडेल, विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...