पोखरामा रविले भने- 'टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु'

पाेखरा | साउन ७, २०७९

पोखरामा रविले भने-  'टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु'

राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा आयोजित गण्डकी प्रदेश भेलामा सम्बोधन गर्ने क्रममा पार्टीका सभापति रवि लामिछानेले आम, सर्वसाधरणको जीवन बदल्न राजनीतिमा आएको बताएका छन् । 

 

प्रदेशका प्रायः सबै जिल्लाबाट पोखरा सभागृहमा भेला भएका सहभागीबीच अध्यक्ष रविले भने, ‘म टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु ।’ पार्टी स्थापनालगत्तै ‘यसलाई राजनीति गर्न आउँदैन’ भनि गरिएको आलोचनाको जवाफ दिँदै लामिछानेले ‘मलाई राजनीति गर्न आउँदैन तर विदेशमा दुख पाएकाहरुको घाउमा मल्हम लगाउन आउँछ’ भनेका छन् । 

 

सम्बोधनको सुरुवातमै पोखराले धेरै माया र प्रेरणा दिएको भन्दै उनले भने ‘नमस्कार, मलाई यही आँखाले हेरिरहनुहोला ।’

 

‘स्वतन्त्र पार्टीको वाद के हो ? भनि सोधिएको प्रश्नको उत्तरसमेत उनले पोखराबाट जवाफ दिन भ्याए । ‘संवैधानिक समाजवाद’, रविको जवाफ छ ।  उनले न्यायमा आम जनताको पहुँच नभएको भन्दै राजनीतिक दलको कोटाबाट न्यायाधीश नियुक्त गर्ने परिपाटीको विरोध गरे । 

 

उनले यातायात, मालपोत, सडक र रोजगारको क्षेत्र लथालिंग भएको भन्दै आजसम्म नेतृत्वले किन ठिक गर्न सकेनन् भन्दै प्रश्नसमेत गरे । 

 

अब प्रश्न सोध्ने कामबाट बिदा लिएको भन्दै अब जवाफ दिने ठाउँमा जाने यात्रा सुरु गरेको भन्दै प्रदेशवासीलाई साथ र समर्थन गर्न आग्रह गरे । 

 

उनले सम्बोधनको अन्त्यमा आगामी चुनावमा पार्टीलाई भोट दिन आग्रह गर्दै भने, ‘तपाई अब मन बदल्नुहोस्, छाप बदल्नुहोस्, हामी देश बदल्ने छौं ।’

 

पार्टीले केहि दिनयता सदस्यता लिन चाहनेकालागि अनलाइन फर्मकोसमेत व्यवस्था गरेको छ । 

 

 

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

थप पढ्नुहोस्

चितवन:  चितवनमा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमु...

थप पढ्नुहोस्