ज्ञानज्योति बोर्डिङ लाहाचोकलाई छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
पाेखरा | मंसिर १०, २०८१
पोखरा: माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा भएको माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे –४,लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुले जितेको छ ।
पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि उपाधि चुमेको हो । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।
यता ५ स्वर्ण १ रजत र ३ काश्य पदक पाप्त गरि माछापुच्छ्रे माध्यमिक विद्यालय दोस्रो भएको छ । बराह माध्यमिक विद्यालयले ४ स्वर्ण ७ रजत २ काश्य पदकका साथ तेस्रो स्थान पाप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार , ७ हजार ५ सय रुपया,साथमा ट्रफी पुरस्कार पाप्त गरेका छन् ।
उक्त प्रतियोगितामा अन्तर माध्यमिक भलिबल छात्रारछात्र ,कबड्डी छात्रा÷छात्र ,एथलेटिक्स दौड ट्रयाक १००,२००,४००,८००,१५०० र ३००० मिटर साथै छात्रारछत्रा ४ ×१०० मि।रिले, ४×४०० मि।रिले, छात्रारछत्रा, हाइजम, लङजम्प , ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपास लगाएतका खेलहरु सम्पन्न गरेको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम बहादुर गुरुङले बताए ।
स्थास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर ६ गते देखि ८ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

