पोखरा महानगरपालिकाको ‘बुस्टर डोज’ अभियान
पाेखरा | साउन ६, २०७९
पोखरा: पोखरा महानगरपालिकाले कोभिड–१९ विरुद्व ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यलय स्वास्थ्य महाशाख विभागले एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो ।
प्रकाशित सूचनामा भनिएको छ,‘कोभिड–१९ विरुद्वको खोप ‘एस्ट्रेजेनिका’ दोस्रो मात्रा लगाएको ३ महिना पुरा भएका र ‘जेनसेन’ खोपको १ मात्रा लगाएको ३ महिना पुरा भएका व्यक्तिहरुले सम्बन्धित खोप केन्द्रबाट ‘भेरोसेल’ खोपको अतिरिक्त मात्रा‘बुस्टर डोज’ खोप अनिवार्यरुपमा लगाउनु पर्ने छ ।’
सूचनामा उल्लेख गरिएको छ , ‘खोपको अतिरिक्त मात्रा लिन आउँदा अनिवार्यरुपमा पहिलो खोप कार्ड लिएर आउनु पर्ने छ । भने सो अभियान श्रावन ६ गते पोखराका १४ विभिन्न स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने छ ।’

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

