नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
नवलपरासी | मंसिर ८, २०८१
नवलपरासी: पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार प्रहरीले आफ्नो काम सकेपछि पुस्तकालयमा बसेर पढ्न, कोठामा लैजान सक्नेगरी अध्ययनको वातावरण बनाउन लागिएको हो ।
पुस्तकालयमा लुम्बिनी स्मारिका, मदरसा सन्देश, ज्ञान गङ्गा, जीउने मार्ग, आधुनिक ब्राहमण्ड, चौतारी, दरबाहिरकी महारानी, प्रज्ञा आधुनिक नेपाली गजललगायत तीन सयबढी किताब राखिएका छन् । प्रहरी उपरीक्षक फुयाँलले तीन हजार किताब थप गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।
अहिले प्रहरीका लागि मात्र कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको भन्दै आगामी दिनमा सर्वसाधारण पनि कार्यालयभित्र आएर पढ्न पाउने वातावरण बनाइने फुयाँलले उल्लेख गर्नुभयो । पुस्तकालय गत कात्तिकमा स्थापना भएको थियो ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

