स्वास्थ्यमन्त्री पौडेलद्वारा धौलागिरि अस्पताल निरीक्षण

बाग्लुङ | मंसिर ५, २०८१

स्वास्थ्यमन्त्री पौडेलद्वारा धौलागिरि अस्पताल निरीक्षण

गलकोट:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गर्नुभएको छ । 

उहाँले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो । अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था बुझ्न आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले अस्पताललाई स्तरवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । 


मन्त्री पौडेलले अस्पतालको सेवाका विषयमा अस्पतालमा भर्ना भएका बिरामीलाई समेत सोधपुछ गर्नुभएको थियो । उहाँले आकस्मिक कक्ष, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, डायलासिस सेवाकक्षलगायतको अवलोकन गर्नुभएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिनुभयो । 


५० श्ययाको अनुमति रहेको अस्पतालको स्तवृद्धि गरी एक सय श्यया बनाउन सहजीकरण गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रदेशअन्तर्गतको अस्पतालको रुपमा रहेको यस अस्पताललाई तत्काल अस्थायी चिकित्सक राखेर भए पनि एक सय श्ययामा स्तरवृद्धिका लागि अनुमति दिने बताउनुभयो । 


“अस्पतालले क्षमताभन्दा बढी सेवा दिएको छ, स्तरवृद्धि भएको छैन प्रदेशले दुई सय श्ययामा स्तरवृद्धि गर्ने योजना बनाएको रहेछ, तत्कालै एक सय श्ययामा स्तरवृद्धि गर्दा सेवा प्रदानमा सहज हुन्छ”, मन्त्री पौडेलले भन्नुभयो, “अस्पतालप्रति जनताको भरोसा धेरै रहेको पाएँ, बिरामीको चाप समेत धेरै रहेछ, उपकरण र चिकित्सक थप गर्न सङ्घ सरकारले प्रदेश सरकारसँग समन्वय गरेर काम गर्छ ।”

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्