नवीन सोचका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

धनगढी | मंसिर ४, २०८१

नवीन सोचका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

सुदूरपश्चिम:    गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।


धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सिमानाको रक्षा, आपराधिक गतिविधिको नियन्त्रण, विपद् व्यवस्थापन र सामाजिक सद्भाव कायम राख्न हरदम प्रहरी सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।


उहाँले भन्नुभयो, “ जनताले आफ्ना अधिकारलाई प्रयोग गर्न पाउने स्थितिलाई सुनिश्चित गर्नुुपर्छ,  मुलुकमा अमनचयन, विधिको शासन, शान्तिसुरक्षा र अनुशासन कायम गर्न जरुरी छ ।”

    

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ऐनलाई समयानुकूल बनाउन नयाँ कानुन संसद्को आगामी अधिवेशनमा पेस गरिने  गृहमन्त्रीले बताउनुभयो । 
        

गृह मन्त्रालय र प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा प्रदेशका सबै नौ जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता छ ।

काठमाडौं:  ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको म...

थप पढ्नुहोस्

काठमाडौं:   सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा समावेश ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधानमा गरिएको छेडखानी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन ...

थप पढ्नुहोस्

ललितपुर:  प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को...

थप पढ्नुहोस्