जिपी कलेजका पत्रकारिता अध्ययनरत विद्यार्थीले गरे ‘रासस’ अवलोकन

काठमाडाैं | मंसिर ३, २०८१

जिपी कलेजका पत्रकारिता अध्ययनरत विद्यार्थीले गरे ‘रासस’ अवलोकन

काठमाडौं:    जिपी कोइराला मेमोरियल कलेजमा पत्रकारिता अध्ययनरत विद्यार्थीले राष्ट्रिय समाचार समिति(रासस)बाट गरिने समाचार सङ्कलन, सम्पादन र सम्प्रेषणबारे जानकारी लिएका छन् ।


कलेजमा स्नातक तह तेस्रो र चाँैथो वर्षमा पत्रकारिता विषयमा अध्ययनरत ४५ जना विद्यार्थीले आज रासस मिडिया सङ्ग्रहालय, समाचार कक्षको अध्ययन तथा अवलोकन गरेका हुन् । 


त्यस अवसरमा राससका अध्यक्ष धर्मेन्द्र झाले समाचारका धेरै प्रश्नको उत्तर ‘फिल्ड’ मा गएर मात्र भेटिने भएकाले स्थलगत रिर्पोटिङको महत्वबारे विद्यार्थीलाई जानकारी गराउनुभयो । 


उहाँले राससबाट हुने समाचार सेवा प्रवाहबारे प्रकाश पार्दै भन्नुभयो,“राससले नेपाली, अङ्ग्रेजी, मैथिली, नेपाल भाषालगायत फोटोसहित दैनिक ७ सयवटा कन्टेन्ट उत्पादन गर्दछ । सेवा २४ सै घण्टा दिइरहेका छाँै ।”


राससका महाप्रबन्धक सिद्धराज राईले रासस सरकारी सञ्चारमाध्यम र न्युज बैँकको रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रो ग्राहक भनेका मिडिया हुन् । हामीले समाचार उत्पादन गर्छौँ । ती समाचार आवश्यकताअनुसार प्रयोग हुन्छन् ।” 


उहाँले पत्रकारिताका विद्यार्थीले जहिल्यै पनि ‘किन’ भन्ने प्रश्न गर्नुपर्ने तथा प्रश्न सोध्न डराउन नहुने सुझाउनुभयो ।


कलेजका शिक्षक शिवहरि घिमिरेले विद्यार्थीलाई समय–समयमा सैद्धान्तिक ज्ञानसँगै यस्ता खालका व्यवहारिक ज्ञानले कक्षाकोठाभन्दा राम्रो सिकाइको काम गर्ने बताउनुभयो ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्