रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
ताप्लेजुङ | मंसिर २, २०८१

ताप्लेजुङ: फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ ।
वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् ।
मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई रु १३ हजारबराबरका ११ वटा सोलार प्यानल प्रदान गरिएको हो ।
हर्कटे रेडपाण्डाको बासस्थान भएकाले त्यहाँका रेडपाण्डालाई राति अन्य जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले सोलार प्यानल वितरण गरिएको हो ।
लामो समयदेखि गोठमा अन्धकारमा बसेका पशुपालक किसान सोलार प्यानल पाएपछि उत्साहित भएको सन्तबहादुर विष्टले बताउनुभयो ।
“६५ वर्षसम्म अन्धकारमा बसेर समय बितायौँ, आज उज्यालोमा बस्न पाउँदा अत्यन्तै खुसी लागेको छ”, विष्टले भन्नुभयो ।
पोखरा: कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा ...
पोखरा: पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा प्रदर्शन गरिएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा सोमबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि प्रदर्शन गरिएको हो । करिब ४ घण्टासम्म...
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...