एनआइसीमा नसकेपछि एनएमबीको एटिएमबाट दुईबाकस पैसा चोरी
कास्की | साउन ५, २०७९
पोखरा: पोखरा महानगरपालिका २६ अर्घौचोकस्थित रहेको एनएमबी बैंकको एटिएमबाट पैसा चोरी भएको छ ।
कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार गत बुधबार बिहान पौने २ बजे एटिएम भित्रको दुइवटा पैसाको बाकस चारी भएको हो । फरार व्यक्तिको खोजिकार्य तिव्र पारेको बताउदै तिवारीले भने, ‘अनुसन्धान भइरहेको छ ।’
प्रहरी स्रोतका अनुसार उक्त एटिएममा बैंकले १५ लाख राखेको थियो भने सो मध्ये केही रकम सेवाग्राहीले झिकेका थिए भने बाँकी रकम अज्ञात व्यक्तिले लगेको बताइएको छ ।
कास्की प्रहरीका अनुसार एटिएमको बाकस अघौंचोकपछाडी रहेको बिचारी चौतारीमा फेला परेको थियो । ‘बैंकको सिसिटिभी फुटेज हेर्दा अचम्मै छ । केही समयमै झिकेर लगेको देखिन्छ, एक प्रहरी अधिकारीले भने, ‘त्यसमा केही बल प्रयोग गरेको र तोडफोड गरेको देखिदैंन ।’
उनका अनुसार उक्त घटना रातको २ बजे भएपनि प्रहरीलाई सुचना बिहान ७ बजे मात्रै आएको थियो ।
तर यसअघि सोही व्यक्तिले तालचोकस्थित रहेको एनआइसी एसिया बैंकको एटिएममा चोरी गर्ने प्रयास गरेका थिए । बैंकबाट तत्काल प्रहरीलाई खबर गरेपछि ३ मिनेटमै प्रहरी पुगेको थियो । त्यसपश्चात बुलेट मोटरसाइकरलमा रहेको व्यक्त फरार भएका थिए ।
त्यसको केही समयपश्चात एनएमबी बैंकको एटिएमबाट पैसा चोरी भएको थियो । तर प्रहरीलाई भने भोलिपल्ट मात्रै सुचना पुगेको कास्की प्रहरीले बताइएको छ ।
सो घटनाको विषयमा सबैचोक र बैंकको सिसिटिभिी फुटेज संकलन र संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जनाएको छ । गतहप्ता पोखरा ८ न्यूरोडस्थित एनआइसी एसया बैंकको एटिएम फोड्ने सिताराम पुन पक्राउ परिसकेका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

