सहकारीलाई तथ्याङ्कपश्चात कर चुक्ता प्रमाणपत्र दिने राजस्व विभागको निर्णय
काठमाडाैं | साउन ५, २०७९
काठमाण्डौँ: आन्तरिक राजस्व विभागले सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई समष्टिगत विवरण अनिवार्य ‘कोपोमिस’ प्रणालीमा प्रविष्ट गरेपछिमात्र कर चुक्ता प्रमाण पत्र दिने निर्णय गरेको छ ।
राजस्व विभागले गत महिनाको २८ गते (मंगलबार)सुचना प्रकाशित गर्दै सोबारे जानकारी दिएको हो ।
शाखा अधिकृत प्रदीप रेग्मीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ, ‘सहकारी क्षेत्रको तथ्याङ्क प्राप्तिको लागि सम्बन्धित संघ संस्थाहरुले समिष्टगत रुपमा ‘कोपोमिस’ प्रणालीमा विवरण प्रविष्ट गर्नुपर्नेछ र सोही प्रणालीमार्फत सिर्जना हुने दाखिला नम्बर आन्तरिक राजस्व कार्यालयमा पेश भएपछि मात्र करचुक्ता प्रमाण पत्र दिइने छ ।’
प्रकाशित सुचनामा ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यलयलाई सबै सहकारी संघ संस्थाहरुले प्रणालीमा प्रविष्ट गरेपछि मात्र करचुक्ता प्रमाण पत्र दिन अनुरोध गरिएको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

