जापानीज सांसदको पोखरा भ्रमण: मेयरदेखि सांसदसँग शिष्टाचार भेटवार्ता
पाेखरा | कात्तिक २९, २०८१
पोखरा भ्रमणमा आएका जापानको निगाता प्रान्तका सांसद एवम् व्यवसायीक प्रतिनिधहरुले पोखराका मेयर धनराज आचार्यसँगै गण्डकी प्रदेशका सांसदहरुसँग शिष्टाचार भेटघाट गरेका छन् ।
बुधबार पोखरामा आइपुगेका जापानको निगाता प्रान्तका ३ सांसदसहित १६ जनाको भ्रमण टोलीले पोखराका मेयर धनराज आचार्य तथा प्रदेश सांसदहरुसँग भेटवार्ता गरेका हुन् ।
मेयरसँगको भेटमा दुई पक्षीय पर्यटन विकास, मितेरी सम्बन्ध र प्रविधि आदान प्रदान लगायतका विषयमा पनि छलफल भएको थियो ।
सो टोलीले बुधबार गण्डकी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोविन्द नेपाली, गण्डकी प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री सीता सुन्दास, संसाद गणेशमान गुरुङ र गण्डकीका पूर्व सांसद एवम् पोखरा महानगरपालिका पूर्व मेयर कृष्ण थापासँग भेटवार्ता गरे ।
यस्तै आज (बिहीबार) पोखराका मेयर धनराज आचार्यसँगै व्यवसायीको छाता संगठन नेपाल चेम्बर अफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारसँग शिष्टाचार भेटावार्ता गरे ।
एनआरएनए जापानका कोषाध्यक्ष दीपक सुनारको समन्वयमा नेपाल आएका जापानको निगाता प्रान्तका सांसद याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेई ताकाकुराको नेतृत्वमा १६ जनाको टोली नेपाल आएका हुन् ।
यसअधि नेपाल आउने क्रममा काठमाडौंमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।
भेटघाटको क्रममा उनीहरुले सांस्कृतिक, व्यवसायिक तथा आर्थिक विकास र पर्यटन प्रवद्र्धनको विषयमा छलफल गरेका थिए ।
उक्त टोली शुक्रबार स्वदेश फिर्ता हुनेछन् ।

पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

