शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह
भक्तपुर | कात्तिक २९, २०८१
भक्तपुर: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कक्षा १० र १२ को शैक्षिक नतिजालाई सुधार गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।
आज शिक्षा परिषद्को सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा परिषद् बैठकको अध्यक्षता गर्दै उहाँले शैक्षिक उपलब्धिमा सुधार गर्न सरोकारवाला सबैलाई निर्देशन दिनुभएको हो ।
उहाँले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका श्रव्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुँचमा पुरयाउनसमेत निर्देशन दिनुभयो ।
मन्त्री भट्टराईले प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमतिपत्र र छात्रवृत्तिसम्बन्धी कामप्रति सन्तुष्टि ब्यक्त गर्दै जनसेवामा समर्पित भएर काम हुन कर्मचारीलाई आग्रहसमेत गर्नुभयो ।
एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक एवं चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन सुझाब समेत उहाँले दिनुभयो ।
बैठकपछि उहाँले केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखालगायत सानो ठिमीस्थित बिभिन्न शैक्षिक संस्थाको आकस्मिक निरीक्षणसमेत गर्नुभयो ।
निरीक्षणका क्रममा मन्त्री भट्टराईले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बधनमा सञ्चालित विद्यालय सम्बद्ध काम गर्ने शाखाको निरीक्षण गरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिनुभएको थियो ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँग अन्तरक्रिया एवं अनुगमनमा मन्त्री भट्टराईले भन्नुभयो, “अनुसन्धानलाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई कार्यान्वयन गर्नका निम्ति योजनासहित अन्तर निकाय समन्वय गर्नुसु, पुस्तकालयमा सबै उमेर समूहका पाठकका लागि उपयोगी पुस्तक थप गरी पुराना महत्वपूर्ण पुस्तकको संरक्षणसहित आधुनिक ढङ्गले पुस्तकालय व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।”
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

