गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको निधन
पाेखरा | कात्तिक २९, २०८१
पोखरा: गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको उपचारको क्रममा निधन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित समानुपातिक प्रदेश सांसद गौचनको गएराती काठमाडौंमा निधन भएको हो ।
गण्डकी प्रदेश सभा सदस्य गौचनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा हिजो राति निधन भएको प्रदेश सभा सदस्य जीत शेरचनले जानकारी दिए । केही दिन अघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् ।
डेंगुबाट विरामी सांसद गौचनलाई राति १० बजेतिर अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती साढे ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै ल्याएर अन्त्येष्ठि गरिने पारिवारिक श्रोतले जनाएको छ । गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

