त्यो उद्धार, जस्ले सम्मान दिलायो
पाेखरा | कात्तिक २७, २०८१
पोखरा: कास्कीको मर्दी पदमार्गमा बेपत्ता भएकी चिनियाँ नागरिकको सकुशल उद्धार गर्न सफल भएको भन्दै चिनियाँ नागरिक 'बेला'ले गाउँमै आएर सम्मान गरेका छन् ।
गत असोज २३ गते मर्दी पदमार्गमा बेपत्ता भएका चिनियाँ नागरिकलाई २३ घण्टापछि सकुशल उद्धार गरेको थिए ।
उनै बेपत्ता बेला अहिले आएर माछापुच्छ्रे गाउँपालिका ९ सिधिङमा आएर स्थानीय यामबहादुर क्षेत्री, मदन क्षेत्री, प्रसाद पौडेल र गोर्बद्धन पौडेललाई हिजो (सोमबार) नगदसहित सम्मान गरेकी हुन् ।
चिनियाँ नागरिक बेलाले नगद रु ५० हजार र नेपाल चाइना एशोसिशयनको तर्फबाट उनीहरुलाई नगद २० हजार सम्मानस्वरुप प्रदान गरेको वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए ।
कसरी हराए 'बेला' ?
असोज २३ गते मर्दी हिमाल पदमार्ग अन्तरगत चिनियाँ नागरिक ‘बेला’ हाइक्याप पुगिसकेकी थिइन् ।
त्यहाँको होटल नमस्तेबाट चेक आउट भई निस्केकी उनी एकाएक बाटो बिराएर गन्तव्यविहीन बनिन् । उनी मर्दी खोलाको मुहानसम्म पुगेकी थिइन् ।

उनी कसैको सम्पर्कमा नआएपछि खोजतलासका लागि मर्दी हिमाल पर्यटन व्यवस्थापन समिति, पर्यटक प्रहरी र जनप्रतिनिधिहरुलाई खबर पुग्यो ।
त्यसपछि सयुक्त रुपमा सबै टोली परिचालित भए ।
त्यसपछि उनलाई मर्दी खोलाको मुहान नजिकै कोलङ्गेबाट २३ घण्टापछि स्थानीय यामबहादुर क्षेत्री, मदन क्षेत्री, प्रसाद पौडेल र गोर्बद्धन पौडेल लगायतले सकुशल उद्धार गरेका थिए ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

