बाढीले बगर बनायो गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

ललितपुर | कात्तिक २५, २०८१

बाढीले बगर बनायो गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

ललितपुरः    दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । 


जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट रु ६अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताउनुभयो ।उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो । 


“त्यहाँ पर खुवा कम्पनी थियो, त्यहीँ वैतर्णी मन्दिर थियोे,१०८ शिवलिङ्ग थिए, हवन कुण्ड, पक्की भवन थियो। संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा ठूलो क्षति भयो,” वडा कार्यालयबाट औँलाले देखाउँदै अध्यक्ष पराजुलीले भन्नुभयो । 


निरन्तरको झरिले पहिरो मात्र खसेन धामीखोलामा थुप्रिएको बालुवा, ढुङ्गा, माटो, रुखसहित बाढी गाउँबस्ती पसेपछि अकल्पनीय क्षति भएको हो ।बाढीपीडित स्थानीय प्रेम श्रेष्ठले भन्नुभयो, “मेरो र भाइ उत्तमको एउटा दुईतले पक्की भवन थियोे, अर्को कच्ची दुवै बगे । 


वन, प्रहरी कार्यालय र सवारीसाधन सबै बगे । बाढीपहिरोमा परेर गाउँका ३ जनाको मृत्यु भयो । उनीहरूका घर भएका स्थान बगरमा परिणत भयो ।”


विसं २०५३ देखि विद्युत् उत्पादन गरिरहेको यहाँको साना जलविद्युत्गृहमा  आंशिक क्षति भएको छ भने बाढीले प्रहरीका २ वटा आवासीय टहराका साथै हिलसाइड माध्यमिक विद्यालयको भवनमा पनि क्षति भएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताउनुभयो ।


खानेपानीका अधिकांश ट्याङ्की र पाइप नष्ट भएका छन् । २ हजार ३ सय घरमध्ये ७५ प्रतिशतलाई खानेपानीको व्यवस्था गर्न हम्मेहम्मे परेको छ । हालसम्म बाढीले बगाएका सडकको मर्मतसम्भार नहुँदा मूलसडकमा पुग्न कठिनाइ भएको अध्यक्ष केसीले बताउनुभयो । 


यसैबीच, दैवीप्रकोप पीडितहरूका लागि प्रदेश सरकारले रु २० लाख दिएको छभने सङ्घले क्षतिको आधारमा गाउँपालिकालाई ‘क’ वर्गमा वर्गीकरण गरी रु १करोड प्रदान गरेको छ । 


बिस्थापितहरुको पुनर्वासका साथै नासिएका मासिएका भौतिक संरचनाको पुनःनिर्माणका लागि बहुवर्षीय योजनाअनुसार काम गर्न सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरिने जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बताउनुभयो ।


“विस्थापितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न आधा रोपनी जग्गा स्थानीय तहले सिफारिस गरिसकेको छ, अब जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद्बाट निर्णय हुनेमा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो ।
 

नवलपरासी:   गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन स...

थप पढ्नुहोस्

काठमाडौं:  भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ ।  भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ...

थप पढ्नुहोस्