धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति
बाग्लुङ | कात्तिक २५, २०८१

गलकोट: गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ ।
औषधालयमा हाल बहिरङ्ग सेवामात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरङ्ग सेवा थप गर्नेगरी बजेट विनियोजन भएको हो ।
धवलागिरि आयुर्वेद औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको बनाउन गण्डकी प्रदेश सरकारले रु एक करोड ३६ लाख बजेट व्यवस्थापन गरिसकेको छ ।
पछिल्लो समय आयुर्वेद औषधालयप्रति बिरामीको आकर्षण बढ्न थालेपछि गण्डकी सरकारले चालु आर्थिक वर्षमा सेवा सञ्चालन गर्नेगरी औषधालय स्तरोन्नति गर्न बजेट विनियोजन गरेको हो ।
अहिले रहेको औषधालयको भवनलाई मर्मतसम्भार गरी सेवा सञ्चालनका लागि तत्कालै रु एक करोड ३६ लाख पठाउने तयारी भएको र आगामी वर्ष नीति तथा कार्यक्रममार्फत बजेट थप हुने गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो ।
मन्त्री पाठकले चालु आवमा सेवा सञ्चालन गर्नेगरी धवलागिरि आयुर्वेद औषधालयको काम थालिएको बताउँदै २५ शय्यमा स्तरवृद्धि गरिएको अस्पतालले नागरिकको आयुर्वेदसम्बन्धी भरोसालाई थप वृद्धि गर्ने जानकारी दिनुभयो ।
“तत्कालै अस्पतालका लागि थप जनशक्ति, पूर्वाधार व्यवस्थापन, मर्मतसम्भार, औजार तथा उपकरण, औषधि निर्माण र खरिदका लागि बजेट व्यवस्थापन गरिएको हो”, पाठकले भन्नुभयो, “आगमी आवमा औषधालयमा दरबन्दी थप्ने र पूर्वाधार निर्माणका लागि थप बजेट व्यवस्थापन हुन्छ ।”
यही कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकले चालु आवमा धवलागिरि आयुर्वेद औषधालय र कास्कीको गण्डकी आयुर्वेद औषधालय २५ शय्यामा स्तरवृद्धि गर्ने निर्णण भएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । उक्त निर्णयपछि जनशक्ति व्यवस्थापन र पूर्वाधारसहित सामग्री व्यवस्थापनको काम मन्त्रालयले थालिसकेको छ ।
होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वलाई प्राथमिकतामा राखेर उपचार गर्ने तयारीमा धवलागिरि आयुर्वेद औषधालय रहेको छ ।
अहिले भइरहेको अस्पताल भवनलाई नयाँ व्यवस्थापन गरी सेवा सञ्चालनको तयारी थालिएको औषधालयका प्रमुख डा शरद पन्थीले जानकारी दिनुभयो । अस्पतालमा अहिले तीन डाक्टर कार्यरत रहेको भन्दै केही जनशक्ति थप हुनासाथ सेवा सुरु गर्ने तयारी रहेको पन्थीले जानकारी दिनुभयो ।
अहिले भवनको तल्लो तलालाई अन्तरङ्ग सेवाका लागि प्रयोग गर्न मिल्ने बनाउने योजना औषधालयको छ ।
आयुर्वेद चिकित्साप्रति नागरिकको आकर्षण बढिरेहको बताउँदै पन्थीले गण्डकी प्रदशेको निर्णयानुसार अस्पतालको स्तरवृद्धिका लागि तयारी थालिएको छ । अस्पताल स्तरवृद्धिपछि भौतिक संरचना भने विस्तारै वृद्धि गर्नुपर्ने पन्थीको भनाइ छ ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर साधारणतया बदली रह...
पोखरा: नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश/कास्की जिल्ला/माछापुुच्छ«े गाउँपालिकाको आयोजनामा राष्ट्रिय कोदो दिवसका अवसर पारी आज कास्कीको माछापुुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा प्रथम क...
पोखरा: पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र ...