पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा

गुल्मी | कात्तिक २३, २०८१

पर्यटकीय गन्तव्यस्थल बन्दै  गुल्मीको रेसुङ्गा गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्गा पार्क, फोटो: रासस

गुल्मीः    गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय  पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ ।  रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो ।


जिल्लामा आउने जोकोही पनि एक पटक रेसुङ्गामा नपुगी फर्कदैनन् । धार्मिक एवं पर्यटकीय दृष्टीकोणले पनि रेसुङ्गा आफैमा एउटा अद्भूत ऐतिहासिक एवं प्राकतिक क्षेत्र पनि हो । 


केही समय अघिसम्म सडक र यातायातको सहज पहुँच नहुँदा यस क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको थियो । यस क्षेत्रमा पछिल्लो समय चारैतिरबाट सडककको सहज पहुँच पुगेको छ । 


जङ्गलकोमध्य भागहुँदै कालोपत्र सडकबाट यात्रा गर्दा यहाँ घुम्न आउनेहरु निकै रमाइलो आनन्द मान्ने गर्दछन् । पछिल्लो समयमा यहाँ आन्तरिक पर्यटनसँगै बाह्य पर्यटकको पनि मुख्य रोजाइको क्षेत्र बनेको छ । 


फ्रान्स, जर्मन, जापान, कोरिया, अमेरिका, बेलायत जस्ता देशबाट यहाँ घुम्नका लागि आउने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताउनुभयो । 


रेसुङ्गा क्षेत्रको यज्ञशाला नजिकै रहेको ‘भ्यूटावर’बाट माछापुच्र्छे, धौलागिरि जस्ता सुन्दर हिमालको दृश्यले पर्यटकको मन लोभ्याइ दिन्छ ।  गत वर्षदेखि गुल्मीको सदरमुकाम तम्घास नजिकै सिमिचौरबाट हवाई सेवा सञ्चालनमा आएपछि जिल्लामा पर्यटन प्रवद्र्धनका लागि थप टेवा पुगेको रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले बताउनुभयो । 


गुल्मीमा आउने पर्यटकलाई नगरपालिकाले स्वागत गर्ने र उनीहरुलाई यस क्षेत्रमा रहेका पर्यटकीयस्थल घुम्नका लागि प्रेरित गर्ने कामको थालनी गरेको छ । नगरपालिकाले गत वर्षदेखि सञ्चालन गरेको ‘जाउँ हिँड रेसुङ्गा’ अभियानले पनि जिल्लाको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुगेको उपप्रमुख कुँवरले बताउनुभयो । 

 
हालै नेपाल भ्रमणको क्रममा नेपाल एरलायन्सको टुइनेटर जहाजमार्फत गुल्मीको रेसुङ्गा विमानस्थल आइपुगेका फ्रान्सेली पर्यटक यहाँको प्राकृतिक सौन्दर्यता देखेर आफुरुलाई भिन्नै रमाइलो अनुभव भएको सुनाउनुभयो ।


 उनीहरुलाई नगरपालिकाले रेसुङ्गा क्षेत्रको भ्रमण गराएको थियो । रेसुङ्गा क्षेत्रको भ्रमणपछि उनीहरुले अन्य साथीहरुलाई पनि यहाँ घुम्न आउनका लागि निम्तो दिने बताउनुभयो । 


भ्रमणमा आएका फ्रान्सेली नागरिक आबेल र कृस्तिनले आफुहरुलाई गुल्मी जिल्ला निकै सुन्दर लागेको बताएका थिए । उनीहरुले यहाँका डाँडापाखा र वनजङ्गल सहितकोे प्राकृतिक सौन्दर्यता र संस्कारलाई यसैगरि बचाइ राख्न नगरपालिकालाई आग्रह गरेका थिए ।


गुल्मीको विविध प्राकृतिक सौन्दर्यतासँगै स्थानीय कला र संस्कृति हेर्नका लागि पहिलो पटक गुल्मी आइपुगेको उनीहरुको भनाइ थियो । 


मदाने गाउँपालिका अन्तर्गत अरबिन्द्र आश्रमका गुरु रामचन्द्र दासको संयोजनमा १२ जना फ्रान्सेली पर्यटक योग साधना गर्न र यहाँको पर्यटकीय क्षेत्रको भ्रमणका लागि अरबिन्द्र आश्रम पुगेका छन् ।


१ महिनाको भ्रमणमा नेपाल आएका फ्रान्सेली पर्यटक गुल्मीको मदाने गाउँपालिका अन्तर्गत सिर्सेनीमा रहेको अरबिन्द्र आश्रमको योग साधना गर्ने र त्यसपछि पाल्पा, पोखरा र बन्दिपुरहुँदै काठमाडौँ फर्कने आश्रमका गुरु रामचन्द्र दासले जानकारी दिनुभएको छ ।
 

जिल्लामा आउने पर्यटक रेसुङ्गा क्षेत्रसँगै, विचित्र गुफा, कालीगण्डकीलगायत ठाउँको भ्रमण गरि फर्कने गर्दछन । जिल्लामा आउने बाह्य पर्यटकलाई रेसुङ्गा नगरपालिकाले विमानस्थलमै पुगेर स्वागत गर्ने गर्दछ ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्