ग्यास शाखा प्रमुख भन्छन्, ‘जोरपाटीमा निक्लिएको ‘मिथेन ग्यास हो’
काठमाडाैं | साउन ३, २०७९
काठमाण्डौँ: बिहान जोरपाटीको एक घरमा बोरिङ खन्नेक्रममा बिहान करिब १० बजे तिर लेदो माटो र पानीको फोहोरा निक्लिएको थियो ।
लेदो माटो र पानीको फोहोरा निरन्तर रुपमा निक्लिएपछि खानी तथा भूगर्भविद्को टोलीले छानबिन गरेको थियो ।
छानबिनपश्चात लेदो र पानीको फोहोरा नभई मिथेन ग्यास रहेको ग्यास शाखा प्रमुुख वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले बताए । ‘जमिन मुनि जम्मा भएर बसेको मिथेन ग्यास ड्रिलिङ गर्ने क्रममा निक्लिएको हो, उनले भने, ‘यस्ता ग्यास सामान्यतया पानीसँग मिसिएर बसेको हुन्छ ।’
उनले यसलाई कुनै ठुलो घटना नभई सामान्य प्राकृतिक प्रक्रिया भएको उल्लेख गरे । ‘यो ग्यास कहिले निक्ल्नि बन्द गर्छ त्यो ग्यासको मात्रा कति छ त्यसमा भर पर्छ । यो कुनै खतराजन्य छैन्, ग्यासको मात्रा सकिएपछि आफै निक्लिन बन्द हुन्छ ,उनले भने ।
पोखरा: दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ । सुरुमा ब्याटिङ गरेको जनकपुर...
पोखरा: मेजर लक्ष्मी प्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ । आदिवासी ...
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...

