तेस्राे पटक म्याद थप भएपछि रवि समर्थकले आजपनि विरोध गर्ने
पाेखरा | कात्तिक २१, २०८१
पोखरा: रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखराको मानवअधिकार चोकमा प्रर्दशन गर्ने भएको छ ।
लामिछानेको रिहाइको माग गर्दै मानवअधिकार चोकमा प्रदर्शन गरिने केन्द्रीय विभाग सदस्य उत्तम पौडेलले जानकारी दिए ।
उनका अनुसार आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकमा उक्त कार्यक्रम हुँदैंछ ।
यस्तै पार्टीको निर्देशन अनुसार विभिन्न जिल्लामा समेत विरोध कार्यक्रमको तयारी भइरहेको छ ।
मंगलबार तेस्रो पटक कास्की जिल्ला अदालत पेश गरिएका लामिछानेलाई १५ गतेदेखि गणना हुने गरि फेरि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि रास्वपाका कार्यकर्ता थप आक्रोशित बनेका हुन् ।
हिजो भएको प्रर्दशनको क्रममा ११ जना रास्वपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपनि बेलुकी छाडिएको थियो।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

