आज बाराही घाटमा गुञ्जिदैं सज्जन, गेट ३ बजे खुल्ने
पाेखरा | कात्तिक १६, २०८१
PHOTO: PRACHAR
पोखरा: ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत सांगीतिक यात्रामा रहेका गायक सज्जनराज वैद्य आज पोखरा ६ लेकसाइडस्थित बाराहीघाटमा गुञ्जदैं छन् ।
उनी आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा जारी ‘एकादेशमा नेपाल टुर २०२४’ मा छन् । पाेखरामा हुने इभेन्टकाे व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ ।
उक्त कार्यक्रमको सबै तयारी पुरा भएको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए ।
उनका अनुसार इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको मुख्य प्रायोजनमा हुने सो कार्यक्रममा सज्जनले भने बेलुकी ५ बजेपछि प्रस्तुती दिनेछन् । गेट भने ३ बजेबाटै खुला हुनेछ ।
कार्यक्रमका लागि करिब ३ हजार ५ सय बढी टिकट विक्री भइसकेको पुरीले बताए ।
प्रवेश टिकट रत्नचोक र लेकसाइडको हिमालयन जाभा, शान्तिनगरको बराल पेट्रोल पम्प, बाराही चोकको होटल ल्याण्डमार्कअगाडि शुक्रबार दिउँसो एक बजेसम्म टिकट खरिद गर्न सकिने छ । भने, मोबाइल वालेट एप खल्तीबाट पनि यो कार्यक्रमको टिकट खरिद गर्न सकिन्छ ।

टिकटको मूल्य १ हजार ५ सयदेखि ३ हजार रूपैयाँसम्म रहेको छ । २ हजार ५ सयको फ्यान पिट र ३ हजार रूपैयाँको भिआइपी टिकट खरिद गर्नेले हातमा लगाउने एलइडी ब्याण्ड पाउने छन् ।
‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन अघि चितवन र बुटवलमा कार्यक्रम भइसकेको छ । भने, कार्तिक २४ गते (नोभेम्बर ९) मा इटहरी र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौंमा कन्सर्ट गर्ने तयारी रहेको आर्बिटरी इभेन्ट्सले जनाएको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

