आज बाराही घाटमा गुञ्जिदैं सज्जन, गेट ३ बजे खुल्ने

पाेखरा | कात्तिक १६, २०८१

आज बाराही घाटमा गुञ्जिदैं सज्जन, गेट ३ बजे खुल्ने PHOTO: PRACHAR

पोखरा:   ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत सांगीतिक यात्रामा रहेका गायक सज्जनराज वैद्य आज पोखरा ६ लेकसाइडस्थित बाराहीघाटमा गुञ्जदैं छन् ।

उनी आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा जारी ‘एकादेशमा नेपाल टुर २०२४’ मा छन् । पाेखरामा हुने इभेन्टकाे व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ ।

उक्त कार्यक्रमको सबै तयारी पुरा भएको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । 

 

उनका अनुसार इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको मुख्य प्रायोजनमा हुने सो कार्यक्रममा सज्जनले भने बेलुकी ५ बजेपछि प्रस्तुती दिनेछन् । गेट भने ३ बजेबाटै खुला हुनेछ ।

 

कार्यक्रमका लागि करिब ३ हजार ५ सय बढी टिकट विक्री भइसकेको पुरीले बताए ।


प्रवेश टिकट रत्नचोक र लेकसाइडको हिमालयन जाभा, शान्तिनगरको बराल पेट्रोल पम्प, बाराही चोकको होटल ल्याण्डमार्कअगाडि शुक्रबार दिउँसो एक बजेसम्म टिकट खरिद गर्न सकिने छ । भने, मोबाइल वालेट एप खल्तीबाट पनि यो कार्यक्रमको टिकट खरिद गर्न सकिन्छ ।

 

टिकटको मूल्य १ हजार ५ सयदेखि ३ हजार रूपैयाँसम्म रहेको छ । २ हजार ५ सयको फ्यान पिट र ३ हजार रूपैयाँको भिआइपी टिकट खरिद गर्नेले हातमा लगाउने एलइडी ब्याण्ड पाउने छन् ।

 

‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन अघि चितवन र बुटवलमा कार्यक्रम भइसकेको छ । भने, कार्तिक २४ गते (नोभेम्बर ९) मा इटहरी र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौंमा कन्सर्ट गर्ने तयारी रहेको आर्बिटरी इभेन्ट्सले जनाएको छ ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्