सुनगाभाको लेन्सबाट हेर्नुहोस्, पोखराको ‘देउसी भैलो’
पाेखरा | कात्तिक १५, २०८१
पोखरा: नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मानिने तिहारको अवसरमा पोखराका विभिन्न चोक चोकमा देउसी भैलोको रौनक देखिएको छ ।
बालबालिकादेखि पाका उमेर समूहका टोलीहरु पोखराको हरिचोक, ट्याक्सीचोक, जिरो, लखनचोक, दीप, छोरेपाटन, अमरसिंहचोक लगायतका क्षेत्रमा मौलिक तथा आधुनिक किसिमबाट देउसी भैलो खेलिरहेका छन् ।
कतै ठुला, कर्कश आवाजमा भड्किलो पाराले देउसी खेलिरहेका छन् भने, कतै मौलिक रुपमा मादल, पञ्जेबाजा बजाएर देउसी खेलिरहेका छन् ।

पोखरा क्षेत्रमा भाइटिकाको दोस्रो दिनसम्म देउसी खेल्ने प्रचलन भएपनि बुटवल क्षेत्रमा भने हरिबोधनी एकादशीको दिनसम्मै भैलो खेल्ने गरिन्छ ।
पछिल्लो समय लोकसंस्कृति झल्कने देउसी भैलो भन्दा भड्किलो देउसी भैलो मौलाएको छ । यसले संस्कृतिमा संरक्षणको सट्टा विकृती बढ्दै जाने प्रष्ट देखिन्छ ।
थप तस्बिरः-













पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

