गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं | कात्तिक १४, २०८१

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम०लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न  निर्देशन दिनुभएको छ ।


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभयो । 


उहाँले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गर्नुभयो ।


त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रसञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसमेत सहभागी हुनुहुन्थ्यो । 


टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता अर्यालले रु एक करोड दुई लाख ७० हजार कोषमा दाखिला गरिएको  जानकारी दिनुभएको थियो । 
 

काठमाडौं:   आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को ...

थप पढ्नुहोस्

बागलुङ:  यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुन...

थप पढ्नुहोस्

काठमाडौं:   इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको ...

थप पढ्नुहोस्