पोखरा १५: विपन्न १७ परिवारका ८५ जनालाई स्वास्थ्य बीमा

पाेखरा | कात्तिक १३, २०८१

पोखरा १५: विपन्न १७ परिवारका ८५ जनालाई स्वास्थ्य बीमा

पोखरा महानगरपालिका १५ को समन्वयमा वडा भित्रका विपन्न १७ परिवारका ८५ जनालाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ ।

 

पोखरा कम्युनिटी सेन्टरको सहयोगमा आज वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गर्दै विपन्न १७ परिवारलाई स्वस्थ्य बीमा कार्ड प्रदान  गरिएको हो ।

 

वडाध्यक्ष तोरण बाँनिया, कार्यपालिका सदस्य मन्दिरा परियार कम्युनिटी सेन्टरका प्रतिनिधि प्रकाश र जोनले उक्त स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरे ।

 

वडाध्यक्ष बाँनियाले आफ्नो वडाभित्रका अति विपन्न परिवारबाट १७ घर परिवारलाई बीमाकार्ड उपलब्ध गराएको बताए । उनका अनुसार एउटा परिवारबाट ५ जनाका विमा हुने भएकाले कुल १७ परिवारको ८५ जनाको विमा गरिएको हो ।

 

उनले प्रतिव्यक्तिले १ लाख बराबरको स्वास्थ्य लाभ लिन सक्ने बताए ।

 

‘कम्युनिटी सेन्टर कोरियन संस्था हो, हाम्रो वडाको मानवीय विकासका लागि भनेर हरेक वर्ष शिक्षा स्वास्थ्य र खेलकुदका लागि २ लाख सहयोग आउँछ, उनले भने, ‘त्यो रकम हामीले काम गरेपछि मात्रै आउँछ । सिधैं पैसा आउने होइन ।’

 

उनले कम्युनिटी सेन्टरको सहयोगले विपन्न परिवारलाई ठुलो राहात मिलेको बताए ।

 

सेन्टरले यसअघि स्वास्थ्यतर्फ सिद्ध माविमा अध्यनरत विपन्न विद्यार्थीको निशुल्क स्वास्थ्य परिक्षणसँगै विभिन्न समाजिक कार्यका लागि सहयोग गर्दै आएको छ ।

रुकुम पूर्व:  रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...

थप पढ्नुहोस्

गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।  मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो  सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

थप पढ्नुहोस्