बिच एण्ड फिस फेस्टिबल: उपाधिका लागि आरएस र चरी सुशान भिड्ने

पाेखरा | कात्तिक १२, २०८१

बिच एण्ड फिस फेस्टिबल: उपाधिका लागि आरएस र चरी सुशान भिड्ने

पोखरा:   आरएस बिच क्लबको आयोजनामा पोखरा २५ हेम्जास्थित अम्मटमा जारी ‘आरएस बिच एण्ड फिस फेस्टिबल २०८१’ मा फुटबलतर्फ उपाधिका लागि  आरएस क्लब र चरी सुशान एफसी भिड्ने भएका छन् ।

 

फाइनल खेल अब ३० गते फेस्टिभलको समापनका दिन हुने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।

 

उनका अनुसार पहिलो सेमिफाइलनमा चरी सुसान एफसीले बिल्डिङ एफसी लाई ५–२ गोल अन्तरले पराजित गरेको थियो भने, आरएसले हेमजा २५ एफसीलाई ५–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

 

सो प्रतियोगिताको विजताले नगद रु ५० हजार र उपविजेताले रु २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । 

 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई पुरस्कृत गरिनेछ ।

 

यस्तै घोडा दौड प्रतियोगिता र बल्छी हान्ने प्रतियोगिता पनि सोही दिन (कात्तिक ३० गते) हुनेछ ।

 

घोडा दौडमा प्रथम हुनेलाई २० हजार र दोस्रो हुनेलाई १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको  छ ।

 

यसअघि सम्पन्न भइसकेको फ्रिस्टाइल फुटबल ब्याटल, वान भि वान, र साइकल र्याली सम्पन्न भइसकेको  छ ।


 

काठमाडौं:   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् ।  शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...

थप पढ्नुहोस्

काठमाडौं:   संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...

थप पढ्नुहोस्