मिस पोखरा -२०२४ बनिन् ‘सृष्टि’

पाेखरा | कात्तिक ११, २०८१

मिस पोखरा -२०२४ बनिन् ‘सृष्टि’ PHOTO: S2 PRODUCTION

पोखरा:    गलकोटकी सृष्टि खड्काले ११ औं संस्करणको मिस पोखरा–२०२४ को ताज जितेकी छिन् ।

 

पोखरा १० काजीपोखरी निवासी खड्काले अन्तिम १६ प्रतिस्पर्धीलाई पछि पार्दै मिस पोखराको ताज जितेकी हुन् ।

 

उनले ताजसँगै स्कुटर र नगद ५० हजार पुरस्कार प्राप्त गरिन् । साथै उनी सिधैं मिस नेपालमा भाग लिन अवसर प्राप्त गरेकी छिन् । 

 

यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप घोषित भइन् । 

 

उनीहरुले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे ।  रेखाले वेष्ट इन्टेलेक्टकोसमेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन् ।

 

पोखरा जेसीजको आयोजना र  इभेन्ट फर युको व्यवस्थापनमा ६ वर्षपछि मिस पोखरा भएको थियो ।

 

सो प्रतियोगिताको मुख्य निर्णायकमा सुवर्ण क्षत्री थिए भने, अन्य निर्णायकमा पूर्व सांसद एवं वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङ, अभिनेता सरोज खनाल, अभिनेत्री एलिजा गौतम, ला ग्राण्डीका प्रिन्सिपल किरण केसी, शेषराज भट्टराई, डा.रामजी शर्मा गरी ७ जना थिए ।

 

मिस पोखरा २०१८ भने सारा बजिमय बनेकी थिइन् ।


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्