लेखनाथको आदर्श चोकमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
पाेखरा | कात्तिक ११, २०८१
पोखरा: लेखनाथको आदर्श चोकमा गएराति बोलेरोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२९ आदर्श चोकमा बोलेरोले पैदल यात्रीलाई ठक्कर दिँदा ५७ वर्षीय सोनु खड्काको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
तालचोकबाट गगनगौडातर्फ जाँदै गरेको ग ३ च ४७५७ नम्बरको बोलेरोले गएराति आदर्श चोकमा सर्लाही घर भई पोखरा–२९ बस्ने खड्कालाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट गम्भिर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बोलेरो जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

