बागमती प्रदेशको ३ महिने तथ्याङ्क: सवारी दुर्घटनामा ६० जनाको मृत्यु, १ हजार ३ घाइते

२ करोड ७९ लाख राजस्व सङ्कलन

काठमाडाैं | कात्तिक ११, २०८१

बागमती प्रदेशको ३ महिने तथ्याङ्क: सवारी दुर्घटनामा ६० जनाको मृत्यु, १ हजार ३ घाइते

बागमती प्रदेशका १० जिल्लाभर आर्थिक वर्ष २०८१/०८२ को पछिल्लो तीन महिनामा (साउनदेखि असोजसम्म) मा सवारी दुर्घटनाबाट ६० जनाको मृत्यु भएको छ ।

 

ट्राफिक प्रहरी कार्यालय बागमती प्रदेशका अनुसार ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको र १ हजार ३ जना घाइते भएका थिए ।

 

यस्तै सो अवधिमा ३५ हजार ८५ सवारीसाधनबाट रु २ करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।
 

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।


 

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्