महानगरले भन्यो – ‘सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए सुुविधा दिन्छौं’
पाेखरा | साउन २, २०७९

पर्यटन र प्रकृतिमार्फत संसारमा चिनिएको पोखरामा सर्वसाधारणलाई शौंच गर्ने स्थान छैन । सार्वजनिक शौचालयको अभाव रहेको पोखरामा मेयर धनराज आचार्यले नयाँ आइडिया ल्याएका छन् ।
उनको आइडिया हो ‘म्युचुअल बेनेफिट’ अर्थात् सामुहिक लाभ । महानगरले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिन अपीलमार्फत व्यक्ति, संस्थालाई सार्वजनिक आव्हान गरेका छन् ।
अपीलमा भनिएको छ ‘शौचालयमाा आवश्यक पर्ने सफाई एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता जनाउने, सर्वसाधारणको जानकारीको लागि यस्ता स्थानमा विशेष र पहिचानयुक्त लोगो÷संकेत राख्ने गरी कार्यपालिकाबाट निर्णय भएको छ ।’
शौचालय सार्वजनिकरुपमा निशूल्क प्रयोग गर्न दिने व्यक्ति एवं संस्थालाई महानगरले सेवा, सुविधामा नीतिगत प्राथमिकता दिने जनाएको छ । त्यस्तै, सहयोगी व्यक्ति वा संस्थाको नाम र नम्बर महानगरले वेबसाइटमा राख्नेछ ।
सार्वजनिक अपीलअनुसार इच्छुकले यही साउन मसान्तभित्र निवेदन दिइसक्नु पर्नेछ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...