पोखरामा अन्नपूर्ण साउथ आरोहणका तस्बिर

पाेखरा | कात्तिक ८, २०८१

पोखरामा अन्नपूर्ण साउथ आरोहणका तस्बिर

पोखरा:   पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । 


जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो ।


गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदर्शनी सुरुआत गरे । यो प्रदर्शनी अबको एक हप्तासम्म चल्नेछ । अन्नपूर्ण साउन एक्सपेडिसन १९७९ का दुई सदस्यसमेत प्रदर्शनीमा सहभागी थिए । 


जेल्ज ट्रकबाट हिमालयको फेदीसम्म पुग्ने लक्ष्य लिएर आएको पोलिस टोली १० हजार ६ सय किमी यात्रा गरी पोखरा आइपुगेको हो । 


संसारलाई अन्नपूर्ण साउथ आरोहणको उपलब्धि पुनस्र्मरण गराउने लक्ष्यसहित १० देश पार गर्दै ६ सदस्यीय टोली पोखरा आएको हो । 


उनीहरु १९७९ मा पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, सोमानिया, बुल्डेरिया, टर्की, इरान, पाकिस्थान, भारत हुँदै नेपाल आएका थिए । 


अहिले पनि त्यो बेलाकै ट्रक र बाटो प्रयोग गरी टोली नेपाल आएको हो । टोलीका सदस्य मासिज पेट्रोविसले यसपालि टोलीले अन्नपूर्ण आधार शिविर पुगी आरोहणका क्रममा ज्यान गुमाएका २ सदस्यको स्मरणसमेत गरेको जनाए । 


सन् १९७० र ८० को दशकमा जेल्स ट्रकको माध्यमबाट धेरै पोलिस आरोहीले संसारका विभिन्न देश पुगी हिमाल आरोहण गरेका थिए । १९७९ का अन्नपूर्ण साउथ आरोही राइसाल्ड विलोजोस्कीले झ्यालैबाट हिमाल देखिने संग्रहालय नै यी तस्बिरहरुको सबैभन्दा उपयुक्त स्थान भएको बताए ।


पहिले हिउँ अलि धेरै देखिने गरेको सम्झिँदै उनले हिउँ कम भएको र समय व्यतीत भएकोबाहेक हिमालहरु उस्तै रहेको सुनाए । 


पोलिस संस्कृति प्रवद्र्धन गर्न टोलीले पोखरामा फोटो प्रदर्शनी गरेको हो । अहिले ल्याइएको जेल्स ट्रक डिसेम्बरसम्म पोखरै रहनेछ ।


आगामी डिसेम्बरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हुने पर्वतीय महोतसवका आकर्षका रुपमा यी तस्बिर र ट्रकसमेत रहने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन् । पर्वतीय संस्कृति र हिमालबारे बुझाउने स्थल र अनुसन्धान केन्द्र बनेको संग्रहालय गएको वर्ष एक सय पाँच देशका करिब दुई लाखले अवलोकन गरेका छन् । 
 
 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्