पोखरामा अन्नपूर्ण साउथ आरोहणका तस्बिर

पाेखरा | कात्तिक ८, २०८१

पोखरामा अन्नपूर्ण साउथ आरोहणका तस्बिर

पोखरा:   पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । 


जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो ।


गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदर्शनी सुरुआत गरे । यो प्रदर्शनी अबको एक हप्तासम्म चल्नेछ । अन्नपूर्ण साउन एक्सपेडिसन १९७९ का दुई सदस्यसमेत प्रदर्शनीमा सहभागी थिए । 


जेल्ज ट्रकबाट हिमालयको फेदीसम्म पुग्ने लक्ष्य लिएर आएको पोलिस टोली १० हजार ६ सय किमी यात्रा गरी पोखरा आइपुगेको हो । 


संसारलाई अन्नपूर्ण साउथ आरोहणको उपलब्धि पुनस्र्मरण गराउने लक्ष्यसहित १० देश पार गर्दै ६ सदस्यीय टोली पोखरा आएको हो । 


उनीहरु १९७९ मा पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, सोमानिया, बुल्डेरिया, टर्की, इरान, पाकिस्थान, भारत हुँदै नेपाल आएका थिए । 


अहिले पनि त्यो बेलाकै ट्रक र बाटो प्रयोग गरी टोली नेपाल आएको हो । टोलीका सदस्य मासिज पेट्रोविसले यसपालि टोलीले अन्नपूर्ण आधार शिविर पुगी आरोहणका क्रममा ज्यान गुमाएका २ सदस्यको स्मरणसमेत गरेको जनाए । 


सन् १९७० र ८० को दशकमा जेल्स ट्रकको माध्यमबाट धेरै पोलिस आरोहीले संसारका विभिन्न देश पुगी हिमाल आरोहण गरेका थिए । १९७९ का अन्नपूर्ण साउथ आरोही राइसाल्ड विलोजोस्कीले झ्यालैबाट हिमाल देखिने संग्रहालय नै यी तस्बिरहरुको सबैभन्दा उपयुक्त स्थान भएको बताए ।


पहिले हिउँ अलि धेरै देखिने गरेको सम्झिँदै उनले हिउँ कम भएको र समय व्यतीत भएकोबाहेक हिमालहरु उस्तै रहेको सुनाए । 


पोलिस संस्कृति प्रवद्र्धन गर्न टोलीले पोखरामा फोटो प्रदर्शनी गरेको हो । अहिले ल्याइएको जेल्स ट्रक डिसेम्बरसम्म पोखरै रहनेछ ।


आगामी डिसेम्बरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हुने पर्वतीय महोतसवका आकर्षका रुपमा यी तस्बिर र ट्रकसमेत रहने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन् । पर्वतीय संस्कृति र हिमालबारे बुझाउने स्थल र अनुसन्धान केन्द्र बनेको संग्रहालय गएको वर्ष एक सय पाँच देशका करिब दुई लाखले अवलोकन गरेका छन् । 
 
 

पोखरा:   पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ ।  जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आर...

थप पढ्नुहोस्

पोखरा:    २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को मिति तय भएको छ ।  मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशाल...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान अन्तर्गत सडक नाटक प्रस्तुत गरेको छ ।  रोटरी इन्टरनेशनलले ‘इन्ड पोलियो नाओ’ विशेष अभियानसँगै पोलियो उम्मूलनक...

थप पढ्नुहोस्