पोखरामा पोलियोविरुद्ध सचेतना जगाउँदै रोटरीको सडक नाटक

पाेखरा | कात्तिक ८, २०८१

पोखरामा पोलियोविरुद्ध सचेतना जगाउँदै रोटरीको सडक नाटक

पोखरा:   पोखरामा रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान अन्तर्गत सडक नाटक प्रस्तुत गरेको छ । 


रोटरी इन्टरनेशनलले ‘इन्ड पोलियो नाओ’ विशेष अभियानसँगै पोलियो उम्मूलनका लागि सडक नाटक प्रस्तुत गरिएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२  नेपाल–भुटान गभर्नर इक्लेक्ट बिनोद कोइरालाले बताए । 


‘रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसको रुपमा विश्वव्यापी रुपमा जनचेतना फैलाउँदै पोलियो उम्मूलनका लागि कार्यक्रम गर्दै आएको छ’, कोइरालाले भने, ‘अभियान अन्तर्गत आज विश्वभर नै कार्यक्रम भइराखेका छन्, पोखरामा हामीले आज सडक नाटकसँगै विभिन्न कार्यक्रम मनाइरहेका छौं ।’


उनले अझै पनि पोलियो उन्मूलन गर्न नसकिएकाले जनचेतना मुलक कार्यक्रम गरेर नेपालको सातै प्रदेशमा ‘इन्ड पोलियोे नाओ’ विशेष अभियान सञ्चालन गरिएको बताए । 

 


रोटरी इन्टरनेशनलले विश्व पोलियो दिवसको अवसरमा आयोजना गरेको सडक नाटकमा समिप सापकोटा, सनिता थापा, रश्मी पराजुली, शिक्षा मगर, उमंग शर्मा, स्वतिका सापकोटा, आयुषा वाग्ले, आकृति ढकाल, आशिष पौडेल, शान्तराम तामाङ, इश्वरी चापागाइ, रोटरी, युवराज लामिछाने, रोटरी सुमिना दाहाल, मिस्टर विष्णु कार्की, रोटरी शिष्टता चापागाइ र रोटरी प्रदिपती केसीले अभिनय गरेका थिए । 


सडक नाटकमा बच्चाहरुलाई पोलियो थोपा खुवाउने र स्वास्थ्यमा कुनै समस्या देखिए स्वास्थ्य स्वास्थ्यमा जाँच गराउनुपर्ने सन्देश प्रवाह गरिएको थियो ।

 

 


सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था हो । विभिन्न मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब ५३८ वटा डिष्ट्रिक्टहरुअन्तर्गत आबद्ध छन् । साथै १२ लाखभन्दा बढी सदस्य रोटरी सेवामा सक्रिय रहेको संस्थाले जनाएको छ ।    


नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको थियो । सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो । हाल नेपालमा १६१ वटा रोटरी क्लबले स्थानीयस्तरसँगै राष्ट्रियस्तरमासमेत विभिन्न कार्य गर्दै आएका छन् ।  


  
 

पोखरा:    पोखरामा जारी कास्की जिल्ला स्तरिय अन्तर क्लब एक दिवसिय क्रिकेट प्रतियोगितामा अर्जुन कुमालको शतकीय प्रदर्शनीसँग कास्की सेमीफाइनलमा प्रवेश गरेको छ ।  कास्की जिल्ला क्रिकेट संघको आयोजना...

थप पढ्नुहोस्

बैतडी:   निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिग (पिपिएल–४) चौथो संस्करणको सुपर सिक्समा प्रवेश गरेको छ ।  यहाँको पाटनमा जारी प्रिमियर लिगको आज सम्पन्न  खेलमा नागार्जुन युवा क्लब सप्...

थप पढ्नुहोस्

चितवन:     संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली आकाशलाई सुरक्षित र गतिशील बनाउने विषयमा अध्ययन सुरु गरिएको बताउनुभएको छ ।  भरतपुर विमानस्थलमा पत्रकारहरुसँग ...

थप पढ्नुहोस्