३ महिनामा ५ करोडको नुन बिक्री
जनकपुरधाम | कात्तिक ५, २०८१
जनकपुरधाम: साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु पाँच करोड २३ लाख बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफनो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिनुभयो ।
धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा प्रतिबोरा आयोडिनयुक्त नुन रु एक हजार एक सय ५० का दरले डिलरमार्फत बिक्री भइरहेको प्रमुख साहले बताउनुभयो । कार्यालयले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्यका पसलसमेत सञ्चालन गरी नुन बिक्री गरिरहेको छ ।
गत असोज ७ गतेदेखि यही कात्तिक २९ गतेसम्मका लागि सञ्चालन गरिने ती पसलबाट असोज ३० गतेसम्ममा चार हजार छ सय प्याकेट नुन बिक्री गरेको प्रमुख साहले बताउनुभयो ।
सहुलियतदरको पसलबाट प्रतिप्याकेट रु २४ तथा सोभैm डिलरमार्फत रु २६ मा बिक्रीवितरण भइरहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा कार्यालयले रु १८ करोड ६२ लाख ८१ हजार मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

