सहारा क्लब अष्ट्रेलियाको नेतृत्वमा सिद्धार्थ पौडेल

पाेखरा | कात्तिक ३, २०८१

सहारा क्लब अष्ट्रेलियाको नेतृत्वमा सिद्धार्थ पौडेल

पोखरा:   सहारा क्लब अष्ट्रेलियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 


संस्थापक अध्यक्ष राजमान थकालीको हालै असामयिक निधनसँगै पद रिक्त थियो । सहारा क्लब पोखराका पूर्व सदस्य समेत रहेका सिद्धार्थ पौडेल पोखरा बाघमाराका हुन् । 


समिति उपाध्यक्षमा सन्तोष पाण्डे र पुस्कल थकाली चुनिए । सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ, कोषाध्यक्ष कल्याण खड्का र सहकोषाध्यक्ष गौरव बराल चयन भएका छन् । कार्यसमिति सदस्यमा नीराजन श्रेष्ठ, रजनी गुरुङ, सूर्य खनाल र ईश्वर पहारी छन् । 


प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल चुनिए । तास्मेनिया ज्ञानेन्द्र गौतम, पर्थ को–ण्अर्डिनेटर सुवास श्रेष्ठ, भिकटोरीया सज्जन शर्मा,क्विनलाईन  रोमन शाही चयन भए । 


नवनिर्वाचित अध्यक्ष सिद्धार्थ पौडेलले सहारा अष्ट्रेलिया कपलाई निरन्तरता दिने तथा क्लबका राम्रा कार्यलाई अघि बढाउने प्रतिबद्धता जनाए । 


उनले सहारा क्लब अष्ट्रेलियालाई सिड्नीमात्र नभई अष्ट्रेलियाभर बिस्तार गर्ने योजना सुनाए । सहारा क्लब पोखराका विदेश शाखामध्ये अष्टे«लिया एक हो । सहाराले यसअघि सहारा हङकङ र सहारा युके बिस्तार गरिसकेको छ । 


फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लब पोखराले सहारा फुटबल एकेडेमी एकेडेमी संचालन गरी आर्थिक स्थिति कमजोर तथा कठिन परिस्थितिका बालकहरुलाई आवासीय सुविधासहित शिक्षा, दीक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्