जग्गादातालाई प्रहरीको  सम्मान

बझाङ | कात्तिक ३, २०८१

जग्गादातालाई प्रहरीको  सम्मान

बझाङ:    अस्थायी प्रहरी पोष्ट झोता र  छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ । 


जिल्ला प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा हस्ताक्षरित प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । 


जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीका अनुसार अस्थायी प्रहरी पोष्ट झोताका लागि  नन्दादेवी  र कृष्णबहादुर र थापाले जग्गा दान गर्नुभएको थियो । 


प्रहरी प्रमुख भण्डारीले चैनपुरस्थित जिल्ला प्रहरी कार्यालय, बु्ङ्गलमा रहेको इलाका प्रहरी कार्यालय र मेलबिसौनाको प्रहरी चौकी बाहेक अन्य स्थानमा रहेका कार्यालय भाडाको घरमा सञ्चालन  भएका बताउनुभयो । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्