रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो (तस्बिरहरु)
हिरासतभित्र रवि, बाहिर नाराबाजी
पाेखरा | कात्तिक २, २०८१
पोखरा: काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका लामिछानेलाई रातारात सडकमार्गबाट पोखरा ल्याइएको हो ।
पोखरा ल्याएसँगै उनलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (पश्चिाञ्चल अस्पताल) लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको हो ।
उनलाई करिब पौने ३ बजे जिप्रका कास्कीको कार्यालयमा प्रवेश गराइएको थियो ।
लामिछानेलाई कास्की ल्याउने भएपछि रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसँगै प्रदेशका कार्यकर्ताहरु नाराबाजी गर्न तैनाथ थिए ।

अर्का उपसभापति डीपी अर्याल र पत्नी निकिता पौडेलचाहिँ लामिछानेसँगै गएका थिए । लामिछानेलाई हिरासतमा लगेपछि कार्यकर्ताले प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए ।

सोही क्रममा बोल्दै उपसभापति स्वर्णिम वाग्लेले प्रतिशोधको राजनीति गरेको धारणा राखेका थिए ।
लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन सहकारीको रकम उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
थप तस्बिरहरु:









कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

