भाइटिकाको अघिल्लो दिन ‘सिम्पानी साँझ’

पाेखरा | कात्तिक १, २०८१

भाइटिकाको अघिल्लो दिन ‘सिम्पानी साँझ’

पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले तेस्रो संस्करणको सिम्पानी साँझको आयोजना गर्ने भएको छ ।

 

पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसर पारेर (भाइटिकाको अघिल्लो दिन) यही कात्तिक १७ गते साँझको आयोजना गरिने क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । 

 

उनका अनुसार सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारबाट विभिन्न जाति समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत हुनेछन् । भने, ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डको कन्सर्ट हुनेछ । 

 

‘यो वर्ष तरेली साँस्कृतिक परिवारको विशेष नृत्य रहनेछ । यस्तै स्थानीय कलाकारहरुले पनि आफ्नो नृत्य प्रस्तुत गर्नेछन् भने, मिलन एण्ड द ओभरेप्टर्सले लाइभ प्रर्फमेन्स दिनेछ’ उनले भने ।

 

 

उनले उक्त कार्यक्रमबाट बचत हुने रकम सामाजिक कार्यमा खर्चिने बताए ।

 

‘हामीले साँझबाट बचत भएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य छ, उनले भने, ‘क्लबको भवन जीर्ण अवस्थामा छ यसको मर्मत गर्नुपर्नेछ । यस्तै लागुऔषधको विरुद्धमा सचेतनामूलक कार्यक्रम गर्ने योजना छ ।’

सिम्पानी साँझमा प्रवेश निशुल्क रहेको छ भने, सुरक्षाका लागि वडा प्रहरी बगरसँग समन्वय भइरहेको आयोजकले जनाएको छ । सो साँझको होस्ट पत्रकार सुशान्त गाहामगरले गर्नेछन् ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्