भाइटिकाको अघिल्लो दिन ‘सिम्पानी साँझ’
पाेखरा | कात्तिक १, २०८१

पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले तेस्रो संस्करणको सिम्पानी साँझको आयोजना गर्ने भएको छ ।
पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसर पारेर (भाइटिकाको अघिल्लो दिन) यही कात्तिक १७ गते साँझको आयोजना गरिने क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारबाट विभिन्न जाति समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत हुनेछन् । भने, ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डको कन्सर्ट हुनेछ ।
‘यो वर्ष तरेली साँस्कृतिक परिवारको विशेष नृत्य रहनेछ । यस्तै स्थानीय कलाकारहरुले पनि आफ्नो नृत्य प्रस्तुत गर्नेछन् भने, मिलन एण्ड द ओभरेप्टर्सले लाइभ प्रर्फमेन्स दिनेछ’ उनले भने ।
उनले उक्त कार्यक्रमबाट बचत हुने रकम सामाजिक कार्यमा खर्चिने बताए ।
‘हामीले साँझबाट बचत भएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य छ, उनले भने, ‘क्लबको भवन जीर्ण अवस्थामा छ यसको मर्मत गर्नुपर्नेछ । यस्तै लागुऔषधको विरुद्धमा सचेतनामूलक कार्यक्रम गर्ने योजना छ ।’
सिम्पानी साँझमा प्रवेश निशुल्क रहेको छ भने, सुरक्षाका लागि वडा प्रहरी बगरसँग समन्वय भइरहेको आयोजकले जनाएको छ । सो साँझको होस्ट पत्रकार सुशान्त गाहामगरले गर्नेछन् ।
पोखरा: नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहियतालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदा प्रति नेपाली काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ । ...
तनहुँ: तनहुँको भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन्। १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि...
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सेवाग्राही खोज्दै सहर पसेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा...