यस्तो  छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडाैं | असोज २९, २०८१

यस्तो  छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं:   नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । पछिल्लो तीन दिनयता अमेरिकी डलरस्थिर रहेको छ ।

    
आइतबार पनि अमेरिकी डलरको मूल्य समान थियो । अमेरिकी डलर, जापानी येन, युएई दिराम र हङकङ डलरको मूल्यमा भने आइतबार र सोमबार कुनै परिवर्तन भएन अर्थात समान मूल्य रहेको छ ।
 
    
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५  रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
 
      
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १२ पैसा र बिक्रीदर ९० रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९ पैसा निर्धारण गरिएको छ ।

    
जापानी येन १० को खरिददर आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ १ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
 
    
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३ पैसा र बिक्रीदर चार रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा कायम छ ।

    
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
 
    
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २ड पैसा र बिक्रीदर १७ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५६ पैसा तोकेको छ ।
       
    
भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
 
        
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं:    आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् ।        ...

थप पढ्नुहोस्

सिन्धुपाल्चोक:     ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम हुनुभएको छ ।  पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डब...

थप पढ्नुहोस्

पोखरा:   प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठी पोखरामा सम्पन्न गरेको छ । वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीद्वारा प्रस्तुत गो...

थप पढ्नुहोस्