बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो
बैतडी | असोज २५, २०८१
बैतडी: बैतडीको विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ । यहाँका भगवती मन्दिरमा पशुबलिसहित जात्रा सम्पन्न भएको हो ।
घटस्थापनादेखि महाअष्टमीसम्म यहाँका भगवती मन्दिरमा करिब एक हजार पशुबलि चढाइएको जनाएको छ । जिल्लाकै प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा लागेको अष्टमी मेलामा मात्रै पाँच सय १२ पशुको बलि दिइएको छ ।
दशरथचन्द नगरपालिका–२ स्थित निङ्गलाशैनी भगवति मन्दिरमा तीन सय १७ राँगा र एक सय ९५ बोकाको बलि दिइएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले जानकारी दिनुभयो ।
पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा ३८ राँगा र १२ बोकाको बलि दिइएको छ । मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा घटस्थापनादेखि आजसम्म दुई सय २० पशुको बलि दिइएको छ ।
जसमा एक सय राँगा र एक सय २० बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितका अध्यक्ष नरेश नायकले जानकारी दिनुभयो ।
सुर्नया गाउँपालिका–५ स्थित फल्ङासैनी मन्दिरमा २१ वटा पशुको बलि दिइएको छ । बिहीबार राति १४ राँगा र सात बोकाको बलि दिइएको सो गाउँपालिकाका वडा नं ५ का वडाध्यक्ष केशवसिंह बिष्टले जानकारी दिनुभयो ।
डिलासैनी गाउँपालिका–५ को कफलासैनी भगवती मन्दिरमा ३० वटा राँगा र ३५ वटा बोकाको गरी ६५ पशुको बलि दिइएको वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिनुभयो ।
डिलासैनी–६ को निङ्गलाशैनी भगवती मन्दिरमा २१ राँगा र दुई बोका गरी २३ पशुको बलि दिइएको मेला व्यवस्थापन समितिका सदस्य आँसु मालले बताउनुभयो । पुर्चौडीका विभिन्न भगवती मन्दिरमा गरेर १२ राँगा र ४२ बोकाको बलि चढाइएको छ ।
डिलासैनी–१ को दुर्गाभवानी मन्दिरमा नवरात्रिभर १८ बोकाको बलि दिइएको स्थानीय शिक्षक धर्मराज भट्टले जानकारी दिनुभयो ।
यस्तै दोगडाकेदार गाउँपालिका ३ सिल्लमा रहेको रणशैनी भगवती मन्दिरमा २६ राँगा र ३२ बोकाको बलि दिइएको रणशैनी भगवती मेला व्यवस्थापन समिति सदस्य जनक चन्दले जानकारी दिनुभयो । यहाँका मन्दिरमा लाग्ने जात्रामा छिमेकी राष्ट्र भारतका समेत दर्शनार्थी आउने गरेका छन् ।
भगवतीका मन्दिरमा सम्पन्न जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताउनुभयो ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

