दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

संखुवासभा | असोज २४, २०८१

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

सङ्खुवासभा:   सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ । 

    
बडादसैँको अवसरमा जिल्ला कारागारका एक सय ३४ कैदीबन्दीका लागि ३० किलो बराबरको खसी र नगद रु पाँच हजार उपलब्ध गराएको सङ्घका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले जानकारी दिनुभयो । 


उहाँले आज एक कार्यक्रमबीच निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेलाई नगदसहित खसी हस्तान्तरण गर्नुभएको थियो ।


सङ्घका महासचिव सरोज बज्राचार्यले कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सहयोग गरिएको बताउनुभयो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्