पोखरा–१५: सातौं खुला व्यायामशाला सञ्चालन
पाेखरा | असोज २३, २०८१
पोखरा महानगरपालिका १५ स्थित फलेपाटनमा सातौं खुला व्यायामशाला सञ्चालनमा आएको छ ।
आज (बुधबार) देखि सञ्चालनमा ल्याइएको व्यायामशाला पोखरा महानगरपालिकाको सहयोगमा निर्माण भएको हो ।
उक्त व्यायामशालाको उद्घाटन वडाध्यक्ष तोरण बानियाँले गरे । सो अवसरमा बोल्दै उनले वडाबासी स्वस्थ्य र निरोगी बन्नुपर्ने सन्देश दिने उद्देश्यसहित वडाका विभिन्न स्थानमा खुला व्यायामशाला सञ्चालनमा ल्याइएको बताए ।
‘यसअघि हामीले वडाकै २० लाख लागतमा ६ वटा स्थानमा खुला व्यायामशाला निर्माण गरिसकेका छौं, अहिले महानगरको सहयोगमा यो बनाएका हौं, उनले भने, ‘मुख्यगरी नागरिक निरोगी र तन्दुरुस्त हुनुपर्छ भन्ने सन्देश दिन निर्माण गरिएको हो ।’
उनले नागरिक स्वस्थ्य भए समाज रुपान्तरण हुने बताउदै वडाले नागरिकमैत्री कार्यक्रमहरु अघि सारेको बताए ।

वडाले विभिन्न समयमा युवा, महिला तथा बालबालिका लक्षित अभिमुखीकरण कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ ।
वडाको विभिन्न स्थानमा यसअघि २० लाखको लागतमा ६ वटा खुला व्यायामशाला सञ्चालनमा आइसकेको छ ।
व्यायामशाला उद्घाटन समारोहकाबीच फलेपाटन टोल विकास संस्था र आदर्श आमा समूहको सँयुक्त आयोजनामा बडा दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।


पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

