सामान्य बन्दै हवाई उडान
काठमाडाैं | असोज २२, २०८१

बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप विस्तारै सामान्य बन्दै गएको छ ।
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि विकल्पका रुपमा रहेको हवाई उडानमा अत्यधिक चाप भएको थियो ।
पछिल्ला दिनमा विभिन्न नाका भएर काठमाडौँ भित्रिने र बाहिरिने सडक सञ्जाल पुनःसञ्चालनमा आउनथालेपछि हवाई उडान पनि सामान्य बन्दै गएको हो । मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हवाई उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । बाढी, पहिरोलगायत विपत्तिका घटनाले सङ्घीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुको चाप बढेको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप भएको थियो । उडान चाप र यात्रु बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड देखिन्थ्यो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ हवाई उडान भए । ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका थिए ।
आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँचसय अहिले उडान सामान्य बन्दै गएपछि विस्तारै भीडभाड कम हुँदै गएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उडान चाप र यात्रु सङ्ख्या बढे पनि केही दिनअघि जस्तो भीडभाड नरहेको बताउनुभयो ।
“उडान चाप र यात्रुको सङ्ख्या त उस्तै, छ, तर, अघिल्लो दिन जस्तो अत्यधिक चाप र भीडभाड छैन”, उहाँले भन्नुभयो । प्रवक्ता शेर्पाका अनुसार यही असोज १३, १४, १५ र १६ गते उडान चाप थियो ।
पछिल्लो तीन दिनमा उडान सङ्ख्या केही कम भएको छ । विमानस्थलको विवरणमा यही असोज १९ गते दुईतर्फी दुई सय ९९, असोज २० गते तीन सय १८ र २१ गते तीन सय छ उडान भएको छ ।
यो हेलिकप्टरबाहेकको उडान सङ्ख्या हो । अन्तर्राष्ट्रियतर्फ पनि उडान सामान्य अवस्थामै सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
बागलुङ: बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म भेटिएको ...
सिन्धुली: मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानदेखि लोकमार्ग अवरुद्ध भएको हो । गोलञ्जोर गाउँपालिका–६ अकरेभीरमा लेदोका कारण लोकमा...
विराटनगर: कोशी प्रदेश सरकारले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुने गरी संशोधन गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम संशोधन गर्ने निर्णय...