रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा भण्डारी
पाेखरा | असोज २२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्।
मंगलबार पार्टीले आफूलाई गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख नियुक्त गरेको जानकारी दिँदै उनले पर्यटन र संस्कृतिसँग जोडिएका प्रादेशिक र राष्ट्रिय एजेन्डाहरूमा एक मिनेट पनि खेर नफालिकन काम गर्ने योजना रहेको बताए।
उनले लामो समयको संचारकर्म र वैकल्पिक राजनीतिको यात्रामा क्रियाशिल रहिआएको सन्दर्भमा पार्टीले दिएको यो जिम्मेवारीलाई आफूले जनसेवाको सुन्दर अवसरको रुपमा लिएको उल्लेख गरेका छन्।
‘आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख रोजाईमा पर्ने गन्तव्य पोखरा प्रदेशको राजधानी समेत हो। प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता यो प्रदेशको सबैभन्दा सुन्दर पक्ष हुन्। यद्यपि यहाँको धार्मिक,पर्यटकीय र सांस्कृतिक पक्षको महत्वबारे हुनुपर्ने गहन अनुसन्धान, प्रचारप्रसार तथा बजारिकरणमा पुराना राजनीतिक दलहरूबाट जति हुनुपर्ने थियो त्यति भएन’, उनले भने, ‘समाज र राजनीतिका अगुवाहरूले भइरहेका गन्तव्यको व्यवस्थापन र नयाँ गन्तव्यको खोजीमा पर्याप्त चासो नदिइरहेको अवस्था छ। यस्तोमा नयाँ पुस्तालाई उनीहरूले बुझ्ने भाका र भाषामा प्रदेशमा रहेका विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्रहरूको बारेमा बुझाउने मेरो प्रयत्न हुनेछ।'
पार्टीको गण्डकी प्रदेश समितिले उनलाई विभाग प्रमुख बन्न गत माघमा सिफारिस गरेको थियो भने पार्टीको केन्द्रीय विभागले उनलाई गत भदौ २५ गते अनुमोदन गरेको थियो।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

