‘लेख्छ देशको खबर’ नारासहित आयो सुनगाभा न्यूज डटकम
काठमाडाैं | बैशाख ११, २०७९
पोखराः भिजन गण्डकी नेटवर्क प्रालिले सुनगाभा न्यूज डटकम सञ्चालनमा ल्याएको छ ।
‘लेख्छ देशको खबर’ नारा सहित आज देखि आधिकारिक रुपमा न्यूज पोर्टल साइट सुनगाभा न्यूज डटकम सञ्चालनमा ल्याएको हो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष तथा वरिष्ठ पत्रकार नारायण कार्कीले पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित पोखरामलमा रहेको कार्यालय सँयुक्तरुपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेकी भण्डारीले सफलताको शुभकामना व्यक्त गरिन् ।
उनले पछिल्लो समय पीत पत्रकारिता मौलाइरहेको उल्लेख गर्दै गुणस्तरीय र मर्यादित पत्रकारिता गर्न आग्रह गरिन् । अध्यक्ष भण्डारीले पोखराको पत्रकारीताको मात्रै नभइ केन्द्रको पत्रकारिताको समेत उदाहरण बन्नुपर्नेमा जोड दिएकी थिईन् ।
यसैगरी वरिष्ठ पत्रकार नारायण कार्कीले पत्रकारिताको क्षेत्र फराकिलो रहेको बताउदै समाजलाई निष्पक्ष सुचना प्रवाह गर्न सुझाव दिए । उनले पत्रकारिताको निश्चित क्षेत्र नरहेको बताउदै खोज पत्रकारिताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । पत्रकार कार्कीले पत्रकारिताको मर्म र धर्मलाई आत्मसाथ गर्दै लक्षित समुहलाई तथ्य, सत्य र निष्पक्ष सूचना संप्रेषण गर्नुपर्ने धारणा राखेका थिए ।
भिजन गण्डकी नेटवर्क प्रालिका अध्यक्ष किसान सुनारले मल्टिमिडियाको अवधारणा अनुसार पहिलो चरणमा न्यूज पोर्टल साइट ‘सुनगाभा न्यूज’ सञ्चालनमा ल्याईएको जानकारी दिए । उनले परिवर्तित समयलाई मध्यनजर गर्दै आगामी दिनमा अनलाईन टिभी तथा मल्टिमिडियासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा समेत लगानी गर्ने बताए ।
नव वर्ष २०७९ को आगमनसँगै सञ्चालनमा आएको सुनगाभाले स्कुपसँगै आवाजविहीनको आवाजलाई उनीहरुकै प्रश्न सम्बन्धित व्यक्ति वा निकायलाई सिधै राख्न मिल्नेगरी ‘प्रश्नै–प्रश्न’ कार्यक्रम समावेश गरेको छ । यसैगरी समाज, कला, खेलकुद, बजार, राजनीति, विचार र कुराकानीलाई स्थान दिएको छ । सुनगाभा न्यूजकाे सम्पादकमा दीपक के श्रेष्ठ रहेका छन् ।
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...
पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

